• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, international news » पत्याउनु हुन्छ? रेलस्टेसनको एक बिरालो बरिस्ट कर्मचारीमा बढुवा
पत्याउनु हुन्छ? रेलस्टेसनको एक बिरालो बरिस्ट कर्मचारीमा बढुवा

फागुन ६, बेलायत । एक रेलवे स्टेशनले एक बिरालोलाई वरिष्ठ कर्मचारीमा बढुवा गरेको छ । यो अनौठो खबर बेलायतको हो । बेलायतको वेष्ट वर्कसायरस्थित हडर्सफिल्ड रेलवे स्टेसनमा सन् २०११ देखि निरन्तर रुपमा गस्ती गर्दै आएको बिरालोलाई उसको कामप्रतिको समर्पण तथा लगावको फलस्वरुप वरिष्ट किट नियन्त्रक पदमा बढुवा गरिएको छ । फेलिक्स नामको उक्त बिरालोलाई ट्रान्स पेन्सी एक्सप्रेसले बढुवासँगै नयाँ युनिर्फम ज्याकेट तथा नाम लेखिएको ब्याण्डेज पनि प्रदान गरेको छ । 

फेलिक्सले विगत पाँच वर्षदेखि रेलवे स्टेसनमा निरन्तर मुसा मार्नुका साथै यात्रुहरुसँग साथी बनेर प्रसंसा बटुल्ने गरेको छ । जन्मेको ९ हप्ताको हुँदा फेलिक्सलाई रेल स्टेसनको कार्यालयमा ल्याइएको थियो । उसलाई रेलवे स्टेसन आसपासका मुसाहरु निर्मूल पार्ने जिम्मेवारी दिइयो । 

ऊ विस्तारै आफ्नो जिम्मेवारीमा खरो उत्रिन थाल्यो र लगातार मुसाहरुमाथि धावा बोल्दै रेलवे स्टेसनलाई मुसामुक्त बनाइदियो । फेलिक्सले रेलयात्रुहरुबाट पनि निकै प्रसंसा तथा चर्चा बटुल्ने गरेको छ । उसको आफ्नै फेसबुक पेज छ र फेसबुकमा ४ हजार भन्दा बढि फलोअर्स नै छन् । फेलिक्सले मुसा नियन्त्रण मात्र नभएर व्यस्त तथा तनावको समयमा समेत यात्रु र कर्मचारीहरुको मुहारमा खुसी ल्याइदिने काम गरेको रेलवे स्टेसनका कर्मचारीको भनाइ छ ।
ओंलाईंन खबर 

Labels: Articles, BreakingNews, Entertainment, international news

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State