• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, international news, News » एन्ड्रोइड फोनमा एसएमएस भाइरस, लाखौँ फोन जोखिममा
एन्ड्रोइड फोनमा एसएमएस भाइरस, लाखौँ फोन जोखिममा

फाल्गुन ६, काठमाडौं । एन्ड्रोइड स्मार्टफोनमा एउटा यस्तो भाइरस फैलिएको छ, जसले विश्वका लाखौँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता जोखिममा परेका छन् । डेनमार्कको एक अनलाइन सेक्योरिटी कम्पनीले टेक्स्ट म्यासेजद्धारा फैलिने एन्ड्रोइड मालवेयर मजर पत्ता लगाएको हो । हेम्डल कम्पनीका अनुसार ह्याकरहरुले डेनमार्कका झण्डै एक लाख स्मार्टफोनमा यस्तो भाइरसजन्य एसएमएस पठाइसकेका छन् । 

विश्वका अन्य देशका स्मार्टफोन प्रयोगकर्ताले यस्तो एस एम एस प्राप्त गरे नगरेको अझै थाहा हुन नसकेको कम्पनीको भनाइ छ । यस्तो मेसेज झ्वाट्ट हेर्दा जोखिमपूर्ण तथा आपत्तिजनक हुँदैन र यसमा एउटा लिंक दिइएको हुन्छ । उक्त लिंकमा क्लिक गरेसँगै त्यसले टर सफ्टवेयर डाउनलोड गर्छ र बेनामी इन्टरनेट कनेक्सन स्थापित हुन्छ । टर सफ्टवेयरबाटै भाइरस पनि आफै डाउनलोड भैसकेको हुन्छ जसका कारण उक्त भाइरस सफ्टवेयरको खास श्रोत के हो भन्ने कुरा थाहा हुँदैन । त्यसपछि ह्याकरले उक्त फोनमा सम्पूर्ण पहुँच स्थापित गर्ने, स्मार्टफोन प्रयोगकर्ताले गर्ने फोन कल तथा एसएमएस सबै थाहा पाउनुका साथै आफै एसएमएस तथा कल समेत गर्न सक्ने र फोनबाट सबै डाटा डिलिट गरिदिन पनि सक्दछन् । 

रोचक कुरा त के भने यो भाइरसले एन्ड्रोइड अपरेटिंग सिस्टमको रुसी भाषा छनोट गरेका स्मार्टफोनमा आक्रमण गर्दैन । त्यसैले यस्तो मोबाइल भाइरस फैलाउनुमा रुसको हात रहेको कतिपयले शंका गरेका छन् । मोबाइल सुरक्षा विज्ञले भने आफ्नो स्मार्टफोनलाई यस्तो एसएमएस भाइरसबाट जोगाउनका लागि चनाखो बन्न आग्रह गर्दै त्यस्ता एसएमएसलाई नखोल्न र डिलिट गरिहाल्न भनेका छन् । नचिनेका नम्बर तथा कहिलेकाहीँ चिनेकै साथीको नम्बरबाट समेत लिंक सहितका एसएमएस आएमा त्यस्तो लिंकमा क्लिक गर्नु हुँदैन । 

तर गुगलका प्रवक्ताले भने एन्ड्रोइड स्मार्टफोनहरुमा सुरक्षाको जोखिम निकै कम रहेको भन्दै एक अर्ब भन्दा बढि स्मार्टफोनहरुलाई गुगल प्ले ले निरन्तर रुपमा सुरक्षा प्रदान गरिरहेको बताए । उनका अनुसार गुगल प्ले ले हरेक दिन मोबाइल डिभाइसहरुको २ करोड सेक्योरिटी स्क्यान गरेको हुन्छ । गुगल प्लेबाट इन्स्टल गरिने एप मध्ये केवल ०.१५ प्रतिशत मात्र जोखिमपूर्ण रहेको गुगलको दाबी छ । 
-अनलाइन खबर बाट ।

Labels: Articles, BreakingNews, Entertainment, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State