• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » पोखरा–जोमसोम रुट डरलाग्दो, सबै जहाज एक पटक केहीबेर हराउँछन्
पोखरा–जोमसोम रुट डरलाग्दो, सबै जहाज एक पटक केहीबेर हराउँछन्

फागुन १४, काठमाडौं । पोखराबाट उडेको १० मिनेटमा घोरेपानी, ६–७ मिनेट आकासमै गायव रही टावरसँग सम्पर्कमै नआउनु अनि त्यसको ४–५ मिनेटमा मुस्ताङ अवतरण हुनु पोखरा–जोमसोम हवाई उडान भर्ने प्रत्येक जहाजको नियमित स्वभाव हो यो । करिब २० मिनेटको यस रुटमा उड्ने जहाजलाई निगरानी गर्न पोखरा र जोमसोममा दुई टावर छन् । 

पोखराबाट घोरेपानीको आकाश छोएपछि जहाजमा के हुन्छ, जहाज र यात्रुको अवस्था के छ , न पोखराको टावरले थाहा पाउँछ न त जोमसोमले । त्यसयता गन्तव्यसम्मको यात्रा पूर्णतः चालककै तजबिजीमा निर्भर हुन्छ । उड्डयन क्षेत्रका विज्ञ उक्त रुटलाई निकै डरलाग्दो मान्छन् । त्यसो त झन्डै चारवर्षे अवधिमा पोखरा–जोमसोम हवाई रुटमा तीन जहाज दुर्घटनामा परेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State