• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Health, News » झापामा ९७२ क्यान्सर रोगी : पूरूष भन्दा महिला बढी पिडित
झापामा ९७२ क्यान्सर रोगी : पूरूष भन्दा महिला बढी पिडित

माघ २१, सुरुङ्गा(झापा) । जिल्ला जनस्वास्थ्य कार्यालयका झापाले क्यान्सर रोगीको संख्या झापामा ९७२ पुगेको जनाएको छ । आर्थिक वर्ष २०६६/०६७ देखि चालू आर्थिक वर्ष २०७२/७३ को माघ १४ गतेसम्ममा झापामा क्यान्सर रोगबाट ९७२ जना पीडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले बताउनुभयो । आर्थिक वर्ष २०७१/०७२ मा ११५ जना महिला र ११८ जना पुरुष क्यान्सर रोगबाट ग्रसीत भएको बताइएको छ । त्यस्तै चालू आर्थिक वर्षमा पनि क्यान्सर रोगी थपिने क्रम जारी रहेको मेहेताको भनाई छ । चालू आर्थिक वर्ष २०७२/०७३ को माघ १४ गतेसम्ममा १२४ जना नयाँ क्यान्सरका रोगी फेला परेको छन् । जसमा ६६ जना महिला र ५८ जना पुरुष रहेको बताइएको छ ।

Labels: Articles, BreakingNews, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State