• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Entertainment, News » युवतीका अश्लील तस्बिरहरु फेसबुकमा राख्ने पौडेल विमानस्थलबाट पक्राउ
युवतीका अश्लील तस्बिरहरु फेसबुकमा राख्ने पौडेल विमानस्थलबाट पक्राउ

फागुन १०, काठमाडौँ । यदी कसैले कुनै युवती वा महिलाको अश्लिल तस्विर सामाजिक संजालमा राखेर दुख दिइरहेको छ भने त्यस्ता व्यक्तिलाई प्रहरीले सजिलै पक्राउ गर्छ । अझ कसैले विदेशमा बसेर दुख दिने मनासाय बनाएको छ भने पनि त्यस्ता व्यक्तिलाई पनि प्रहरीले पक्राउ गर्न सफल हुँदै आएको छ । जसको पछिल्लो उदाहरण बनेका छन् नुवाकोटका शिव पौडेल । 

शिवले वैदेशिक रोजगारका सिलसिलामा कतारमा बसेर सामाजिक सञ्जाल मार्फत विभिन्न महिलाको अश्लील तस्बिर राख्ने तथा सन्देश प्रवाह गरी मानसिक यातना दिँदै आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराध अन्तर्गत आज नुवाकोटका पौडेललाई पक्राउ गरेर सार्वजनिक गरेको हो । तुप्चे गाविस–१ का ३० वर्षीय पौडेललाई महाशाखाबाट खटिएको प्रहरी समूहले कतारबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो । उनलाई अनुसन्धानपछि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ ।
-मेडिया एनपी 

Labels: BreakingNews, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State