• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» बम विस्फोटमा परि १४० जनाको ज्यान गयो, सयौ घाईते
बम विस्फोटमा परि १४० जनाको ज्यान गयो, सयौ घाईते

फागुन १०, काठमाडौं । गृहयुद्धमा फसेको सिरियामा आइतबार गराइएको विस्फोटमा एक सय ४० जनाको मृत्यु भएको छ । सिरियाको होम्स र दमास्कसमा भएको छुट्टाछुट्टै विस्फोटमा उक्त हताहती भएको त्यहाँको सरकारी सञ्चारमाध्महरुलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार दमास्कसको दक्षिणी शहर सैय्यदा जैनबमा भएको चार वटा विस्फोटमा ८३ जना मारिएका हुन् । यस्तै सिरियामा युद्धको अनुगमन गरिएको संस्थाका अनुसार दमास्कसमा भन्दा केही समय अघि होम्स शहरमा भएको दुई कार बम विस्फोटमा ५७ जना मारिएका हुन् । 

आफूलाई स्लामिक स्टेट बताउने उग्रवादी संगठनले उक्त दुवै स्थानमा भएको विस्फोटको जिम्मेवारी लिएको छ । उक्त आक्रमणको निशानामा मुस्लिम अल्पसंख्यक समुदाय परेका बिबिसिले उल्लेख गरेको छ । यसैबीच अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियामा चलिरहेको गृहयुद्धको आंशिक बिरामका लागि रुससँग अस्थायी सम्झौता भएको छ । उक्त विस्फोटको बाबजुद जोन केरीले सम्भावित युद्ध बिरामको सकारात्मक सन्देश दिएका हुन् । 

उनका अनुसार रुसी विदेशमन्त्री सर्गेई लावरोवसँग वार्ता भएको र सो क्रममा सिरियामा युद्ध बिराम गराउन अमेरिका र रुस सहमत भएका छन् । यद्यपी यस विषयमा विस्तृत छलफल गर्ने भने बाँकी रहेको छ । सन् २०११ मार्च देखि सिरियामा जारी गृहयुद्धका कारण हाल सम्म तीन लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भइसकेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस >>>>>>

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State