• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Literature, News, Tourism » अदालतको फैसला- पूर्वमुस्ताङे राजाका सम्पत्ति अंशबन्डा हुने
अदालतको फैसला- पूर्वमुस्ताङे राजाका सम्पत्ति अंशबन्डा हुने

फागुन ७, काठमाडौं । मुस्ताङे राजाको सम्पत्तिसम्बन्धी ५५ वर्ष लामो विवाद अन्त्य भएको छ । मुस्ताङी पूर्वराजा जिग्मी परवल बिष्टको सम्पत्ति दुई भागमा बन्डा हुने पुनरावेदन अदालत बागलुङको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि विवाद अन्त्य भएको हो । फैसलामा अन्य सम्पत्ति अंशबन्डा भए पनि उनको पुरानो दरबार भने सरकारकै हुने उल्लेख भएको शुक्रबारको राजधानी दैनिकमा समाचार छापिएको छ । पाँच दशकदेखि चलेको उनको सम्पत्तिसम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्चले बिहीबार गरेको निर्णयअनुसार जिग्मे र उनकी भाउजूबीच सम्पत्ति बन्डा हुने भएको हो । 

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशील कार्की र गोपाल पराजुलीको पूर्वराजाको दरबार पुरातात्विक महत्वको भएकाले भागबन्डा नलाग्ने फैसला गरेको छ । तत्कालीन मूस्ताङे राजा ओङगल जिम्बा परबलका तीन छोरा मध्ये दुईजना पालैपालो राजा भएका थिए । २०१५ सालमा जेठा छोरा न्याङबो परबलको मृत्युपछि कान्छा जिग्मी परबल राजा भएसँगै उनीहरुको सम्पति विवाद सुरु भएको हो । जिग्मीले भाउजू डिकी डोलकर र उनका सन्तानलाई दरबारबाट निकाला गरेपछि विवाद सरु भएको थियो ।

Labels: BreakingNews, Literature, News, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State