• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Literature, News, Videos » नेहा पुनको हत्या सम्बन्धि वृतचित्र बन्दै: हेर्नुहोस
नेहा पुनको हत्या सम्बन्धि वृतचित्र बन्दै: हेर्नुहोस

फागुन १४, पोखरा । अचम्म र बिचित्रको यो दुनियामा कसैलाई विश्वास गर्नै नहुने जमाना आएको छ । सायद दुनियामा स्वार्थी मानिसहरुको बढ्दो संख्या भएर होला । अझ पर र पराईको त कुरै छोडौ आफ्नाले आफ्नैलाई खेदो खनेको पाईन्छ । अहिलेको परिस्थितिमा कसैले कसैको बिश्वास मान्ने अबस्था रहेन र छैन पनि । सन्दर्भ नेहा पुनको हो । हुन त दुइ महिनाको अबधिमा तिन युवतीहरु रहस्यमय हत्या भयो पोखरामा तर चर्चाको चरम स्थितिमा भने नेहा हत्याकाण्डले विश्वभर सनसनी मच्चायो । 

यो घटनालाई चियाउदा आफन्तलाई रति पनि बिश्वास गर्न सकिने अबस्था छैन, को कति खेर कहा रक्त पिपासु र हिंस्रक बनेर आउने हो पत्तो नहुदो रहेछ । यदि पत्तो हुदो हो त नेहाले त्यो अन्याय त्यो अत्याचार र अन्त्य सहनु पर्दैनथ्यो होला । त्यो पनि आफ्नै मीत दाई मार्फत । ति नर पिसाचले आफ्नै मीत बहिनीलाई जबरजस्ति गरेको र उसले भनेको जस्तो नमान्दा निर्मम हत्या गरेको देखिन्छ । 

यहि कथाको सेरोफेरोमा रहेर नेहाको हत्या घटनालाई एक लघुचलचित्रमा उतरिएको छ । सो ब्रिताचित्रमा नेहा पुन माथि भएको अन्याय, अत्याचार र अपराधिको क्रुर कथा ब्रितचित्रमा समेटिएको छ । एक निर्दोष चेलिको मर्म र पीडालाई मुर्त रुप दिएर केही काल्पनिक प्रसङ्गहरुलाई  समावेस गरेको यो वृतचित्रलाई NHS MEDIA र ACTION FILMS पोखराले प्रस्तुत गरेकोछ । जसमा शंकर अधिकारी "घायल"को कथा लेखन रहेको छ भने यस चलचित्रलाई वहाले नै निर्देशन गर्नु भएको छ । वृतचित्रमा युबराज खत्री र सुरेस गुरुङको छायांकन रहेको छ भने सम्पादन युबराज खत्रीले गर्नु भएको छ । कलाकारहरुमा अशोक सुनार, शोभा भण्डारी, कृष्ण नेपाल र सुरेश गुरुङको जीवन्त अभिनय रहेको छ ।
नेहा पुनको हत्या सम्बन्धि वृतचित्र बन्दै: हेर्नुहोस >>>>>>>>>

Labels: Articles, BreakingNews, Literature, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State