• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, News » बिबिसी भित्रै ४० वर्षसम्म यौन दुव्र्यवहार बलात्कार घटना गुपचुप !
बिबिसी भित्रै ४० वर्षसम्म यौन दुव्र्यवहार बलात्कार घटना गुपचुप !

फागुन १४, एजेन्सी । चर्चित प्रस्तोता डिजे जिम्मी सेभिलका यौन दुव्र्यवहारबारे बिबिसीका कर्मचारीहरु विज्ञ भए पनि डरका कारण शीर्ष व्यवस्थापनलाई त्यसबारे जानकारी नदिइएको एक स्वतन्त्र अनुसन्धानबाट खुलेको छ । उच्च अदालतका पूर्वन्यायाधीश डेम जेनेट स्मिथले छानबिनका क्रममा सेभिलबाट यौन दुव्र्यवहार गरिएका ७२ जना पीडितको पहिचान गरेका छन् । 

जसमध्ये ८ जनामाथि त बलात्कारै भएको थियो । डेम जेनेटको प्रतिवेदनअनुसार अर्का प्रस्तोता स्टुवार्ट हलबाट यौन दुव्र्यवहार खेप्नेचाहिँ २१ जना भेटिएका छन् । उनको त्यस्तो व्यवहारबारे पनि बिबिसीमा व्यवस्थापन जानकार थियो । बिबिसी ट्रष्टका अध्यक्ष रोना फेयरहेडले संस्था पीडितहरुको रक्षा गर्न असमर्थ भएको प्रतिक्रिया दिएकी छन् । 

आजको कान्तिपुर दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State