• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » फोरम नेपाल रुपन्देहीको नेता साईबर क्राईमको आरोपमा पक्राउ
फोरम नेपाल रुपन्देहीको नेता साईबर क्राईमको आरोपमा पक्राउ

फागुन १७, रुपन्देही । संघीय समाजवादी फोरम नेपाल रुपन्देही जिल्लाका सचिव राम अवतार यादवलाई साइबर क्राइमको आरोप पक्राउ गरिएको छ । पार्टीको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका सहयोगी महेश चौरासियाका अनुसार सोमबार अपरान्ह यादवलाई उनकै निवासबाट पक्राउ गरेको हो । 

सामाजिक सञ्जाल फेसबुकमा चौरासियाले पोष्ट गरेको स्टाटसमा उल्लेख गरिएको छ, ‘साइबर क्राइमको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले पक्राउ गरी यादवलाई काठमाडौं ल्याउन लागिएको रूपन्देहीका एसपी बुद्धि बहादुर गुरुङले बताएका छन् ।’ 

‘स्मरण रहोस्, मधेश आन्दोलनमा सक्रिय भएको रिस फेर्न एमाले सरकारको निर्देशनमा राज्य आतंक सृजना गरी झूठा मुद्दा लगाउँदै अहिले मधेशमा आन्दोलनकारी नेता कार्यकर्ता पक्राउ गर्ने श्रृंखला तीब्र छ’, उनले फेसबुकमा उल्लेख गरेका छन् ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State