युवतीलार्इ ज्यान मार्ने धम्कि दिदै पटक पटक बलात्कार गर्ने पक्राउ
फागुन १८, भक्तपुर । एक किशोरीलार्ई पटक पटक बलात्कार गरेर गर्भवती बनाउने चाँगुनारायण नगरपालिका–१० बस्ने ५३ वर्षीय शम्भु विकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अभियुक्तले कोही नभएको बेलामा किशोरीलाई धम्की दिँदै घरमै गएर जबर्जस्ती गर्दै आएका थिए ।
उनी गर्भवती भएपछि परिवारले घटनाबारे थाहा पाई जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको हो ।
विकले साउनदेखि गत माघ २१ गतेसम्म पटक पटक जबर्जस्ती गरेको पीडित किशोरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा बताएकी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरीनायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । रासस



0 comments
Write Down Your Responses