तारा ईयर विमान दुर्घट्नामा कोको परे नामवली, १७ शब प्राप्त, उद्दार कार्य कठिन
फागुन १२, म्याग्दी । बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको नाइन NHN ट्वीनअटर विमानमा सवार यात्रुहरुको नामवली उड्डयन प्राधिकरणबाट सार्वजनिक भएको छ । म्याग्दीको रुप्सेमा दुर्घट्नाग्रस्त अवस्थामा भेटिएको विमानमा निम्न यात्रुहरु रहेको थियो ।
डोल्मा छिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी(विदेशी), लेप्सा लामा, बालकृष्ण निउरे, कान्छा परियार, फेन्जोक गुरु, लक्ष्मी हिराचन, बालक, मोतीबहादुर केसी, पवित्रा केसी, कृष्णलाल भट्टचन, दिलकुमार गौचन, देवीजंग जुरुङ, रेवती बराल, मुक्तिनाथ बास्तोला, विनिता भट्टचन, रलरसीद अहमद(विदेशी) र एक बालक, चालक रोशन मानन्धर, विकेश नेमु सवार रहेका रहेका थिए ।
आज बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको विमान के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । विमानले उडान भरेपछि घोरेपानीसम्मको क्षेत्रमा सम्पर्क भएको र त्यसपछि सम्पर्क वाहिर गएको विमानस्थलले जनाएको छ ।
विमानमा रहेका १७ जनाको शव भेटिएको छ ।
सुरक्षाकर्मीले सबैको मृत्यु भएको आशंका गरेको छ ।
सशस्त्र प्रहरीका डीआईजी नरेन्द्रकुमार सिंहले भने-‘म अहिले पनि पोखरा विमानस्थलमा छु । तर, खराब मौसमका कारण हेलिकोप्टर जाने सम्भावना छैन ।’ घटनास्थलमा नेपाल प्रहरीको १८ सदस्यीय टोली घटनास्थलमा छ भने सशस्त्र प्रहरीको टोली पनि पुग्दैछ । हिउँ पर्ला जस्तो भएकाले नेपाली सेनाको टोली भने त्यहाँबाट फर्किर्एको छ । हवल्दार रावलले भने, अरु शव संकलन गर्न सकेको छैनौं । भीर छ र अध्यारो पनि भएको छ ।’



0 comments
Write Down Your Responses