घाँस काट्न गएकी महिला मृत फेला
खोटाङ, २६ मङ्सिर । घाँस काट्न गएकी खोटाङकी एक महिला मृत फेला परेकी छन् । जिल्लाको दक्षिणी गाविस सावाकटहरे–३ की ३१ वर्षीया खुसमायाँ भुजेल बिहीबार साँझ मृत फेला परेकी हुन् ।
शारीरिक रुपमा अपाङ्गता भएकी खुसमायाँ बिहान घाँस काट्न जङ्गल गएको पारिवारिक स्रोतले जनाएको छ ।
बिहान सबेरै उठेर घाँस काट्न भन्दै घरबाट हिँडेकी उनी दिनभर घर नआएपछि खोजी गर्दा नागी भन्ने ठाउँमा मृत फेला परेको स्थानीयले जनाएको छ ।
घटनाका बारेमा यकिन जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । खरेलका अनुसार खुसमायाँको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदैछ ।


0 comments
Write Down Your Responses