• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » एसएसपी सर्वेन्द्रको अप्रेसनपछि बन्द भए राजधानीका सबै म्यानपावर कम्पनी
एसएसपी सर्वेन्द्रको अप्रेसनपछि बन्द भए राजधानीका सबै म्यानपावर कम्पनी

फागुन १३, काठमाडौं । म्यानपावरविरुद्ध प्रहरीले अप्रेसन गर्न थाले पछि म्यानपावर व्यवसायीले बिहीबारदेखि कार्यालय बन्द गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीहरुमा छापा मार्ने अधिकार प्रहरीलाई नभएको बताएको छ । वैदेशिक रोजगार सम्वन्धी कुनै अपराध भएमा त्यसको अनुसन्धान गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र रहेको भन्दै व्यवसायिहरुले काम नै रोकेर म्यानपावर बन्द गरेको बताएका छन् ।
ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले उपत्यकाका १८ वटा म्यानपावरमा हिजो छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट सम्पूर्ण म्यानपावर बन्द गरी कामकाज ठप्प पारेको हो । प्रहरीले हिजो १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो । तर, भिसा आइसकेका कामदारले भने एक हप्ताभीत्र जान पाउनेछन ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State