• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » छोरीको पनि यस्तो हर्कत ! २० लाखको सुपारी दिएर गरीन बाबुको हत्या : यस्ताे थियाे याेजना
छोरीको पनि यस्तो हर्कत ! २० लाखको सुपारी दिएर गरीन बाबुको हत्या : यस्ताे थियाे याेजना

फागुन १३, काठमाडौं । दाइजो नपाएको रिसमा भाडाका अपराधी प्रयोग गरी एक युवतीले राजधानीमा बुबाको हत्या गरेकी छिन्। नुवाकोट सुन्दरादेवीकी २० वर्षीया संगीता पाण्डे महर्जनले बुबाको सम्पत्ति खान २० लाख सुपारी दिएर ४३ वर्षीय बुबा माइला महर्जनको हत्या गरेकी हुन् । 

२० लाखमा हत्याको सुपारी 
बुबाको हत्याका लागि संगाीताले पाँच युवालाई २० लाख रुपैयाँ सुपारी कबोलेकी थिइन्। बानियाँटार बस्ने विक्रम तामाङले हन्या गर्न ५० लाख रुपैयाँ मागेकोमा २० लाख दिने सहमति भएको थियो। तर हत्यापछि पैसा भने उनीहरुले पाएका थिएनन्। तामाङले हत्यका लागि आफ्ना साथी तथा आफन्तहरु सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगरलाई लगाएका थिए। उनीहरु सवैलाई प्रहरीले पक्राउ गरेको छ। तीनैजनाको हत्या गर्नका लागि २० लाखको डिल गरिएको थियो। हत्यामा संलग्न दुई युवक फरार छन्। 

पैसा नपाएपछि हत्या गर्ने अठोट 
संगीताले दुईवर्षअघि नुवाकोटको सन्तोष पाण्डेसंग प्रेम विवाह गरेकी थिइन् । जसमा परिवारको सहमति थिएन। तर संगीताले दाइजोबापत केही पैसा चाहिने भनेर माग्दै आएकी थिइन् । व्इटिसियनसम्बन्धी तालिम लिएकाले उनले ब्युटीपार्लर खोल्न बुवासंग पैसा मागेकी थिइन् । पैसा नपाएपछि माइतीघरबाट बुबाको जग्गाको लालपूर्जासमेत चोरेर लगेकी थिइन् । पटक पटक पैसा माग्दा बुबा पैसा दिन तयार नभएपछि आफूले हत्याको योजना बनाएको पक्राउ परेपछि संगीताले बयान दिएकी छिन् । उनले हत्याको योजना विक्रम तामाङलाई सुनाउँदै माइतीका सबैको हत्या गरे लाखौँको सम्पत्ति आफ्नो नाममा आउने र त्यसबाट २० लाख दिने प्रस्ताव राखेकी थिइन् । त्यसमा तामाङ सहमत भएपछि दुवै मिलेर हत्याको योजना बनाएका थिए। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State