बेचिएकी छाेरी ५ महिनापछि अामाकाे काखमा परेपछि………
धरान ८ फागुन । के के सपना बुनेर गएकी थिएँ तर कहाँ फसेँ कहाँ, बचेर घर फकिन्छु भन्ने त आसै थिएन, यति भनिसक्दा उनी भक्कानिइन । नयाँ जीवन पाउँछु भनेर एक मनले पनि सोचेकी थिईन। उनको कहानी सुनेर नजिकै बसेकी आमा ताराको आँखामा पनि आँसु छचल्कियो ।
उनले छोरीको काँघमा टाउको राखेर मनको भारी बिसाइन । हसनपुर ४ भोजपुरकी १९ वर्षीया मनीषा राई तिनै युवती हुन, जसलाई दुई साताअघिसम्म पनि सकुशल स्वदेश फर्कने, आमाबाुसँग भेट हुने कल्पनै थिएन । गत असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाबाट कुर्दिस्तान हुँखै इराक पुगेकी थिईन ।आजको नागरिक दैनिकमा खबर छ।


0 comments
Write Down Your Responses