• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, international news, Literature, News » अब फर्निचर कारखानामा होइन खेतमा फल्ने भो-नपत्याए हेर्नुहोस फोटो र भिडियो
अब फर्निचर कारखानामा होइन खेतमा फल्ने भो-नपत्याए हेर्नुहोस फोटो र भिडियो

फोटो फिचर सहित भिडियो पनि,
माघ १९, एजेन्सी, लण्डन । घरमा टेबल कुर्सी आवश्यक पर्यो भने हामी कुनै फर्निचर पसल या उद्योगमा पुगेर खरिद गर्छौं । 

कामदारहरुले त्यस्ता फर्निचर काठलाई काटेर तयार गरेका हुन्छन् । तर, बेलायतका एक डिजाइनरले भने फर्निचरको खेती नै शुरु गरेका छन् । उनले फर्निचर बनाउने होइन, उमार्ने काम गर्छन् । वर्षीय गेभिन मुनरोले नयाँ प्रविधि भित्र्याएका छन् जसको मद्दतले प्रकृतिले नै फर्निचरहरु तयार गर्छ । विशेष तरिकाले तयार गरेको प्लास्टिकको मोल्डमा उनले रुख उर्माछन् जहाँ कसरी रुख उम्रन्छ भन्ने कुरा निर्देशित हुन्छ । 

त्यहीँबाट रुखहरु फर्निचरको आकारमा उर्मन्छ । अन्त्यमा त्यसलाई फर्निचरको अन्तिम रुपमा दिइन्छ । बेलायतको डर्बीसायरमा उनले २.५ एकर जमिन रहेको छ जहाँ उनले यस्ता ४ सयवटा रुख रोपेका छन् । जसबाट उनले टेबल, कुर्सी र ल्याम्पसेडहरु तयार गर्नेछन् । 

सानोमा कुर्सी आकारको रुख देखे पछि उनको दिमागमा व्यवसायिक रुपमा नै फर्निचर उमारेर बेच्ने सोच आएको थियो । यसै वर्ष उनको फर्निचरहरु तयार हुने बताइएको छ । उनको कम्पनी फुल ग्रोनले इन्टरनेट मार्फत यस्ता फर्निचर बेच्ने तयारी गरेको छ । धेरैले मुनरोको यस नविनतम प्रयोगको तारिफ गरेका छन् ।
भिडियो हेर्नुहोस कसरि बनाईन्छ तल क्लिक गर्नुहोस

Labels: Articles, BreakingNews, Entertainment, international news, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State