• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, News » सँगै होटलमा आएका पुरुष मृत, महिला फरार !
सँगै होटलमा आएका पुरुष मृत, महिला फरार !

माघ १९, काँकडभिट्टा । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् । बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार होटलको २०७ नं कोठामा हिजो साँझ ७ बजेतिर सुरुङ्गा–५ का ५० वर्षीय मनोरथ पाठक मृत अवस्थामा भेटिएका हुन् । माघ ११ गतेदेखि होटलको कोठा बुक गरी एक अपरिचित महिलासँग बस्दै आएका पाठकलाई साँझपख मृत देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएका थिए । 

कोठाको ओछ्यानमा मृत भेटिएका पाठकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको हुँदा मृत्युको कारण हत्या हो कि होइन अहिल्यै भन्न नसकिने प्रहरीको भनाइ छ । परीक्षण गर्न शवलाई मेची अञ्चल अस्पताल लगिएको छ । पाठकको मृत्युपछि उनीसँगै होटलमा बस्दै आएकी अपरिचित महिला फरार रहेको प्रहरीले जनाएको छ । फरार महिलाको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले बताए । रासस

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State