• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News » वि.सं. २०७२ साल माघ १९ गते । मंगलबार । तपाईको आजको राशिफल
वि.सं. २०७२ साल माघ १९ गते । मंगलबार । तपाईको आजको राशिफल

वि.सं. २०७२ साल माघ १९ गते। मंगलबार। इश्वी सन् २०१६ फेब्रुवरी २ तारिख। नेपाल संवत् ११३६ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०० बजेउप्रान्त दशमी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रयत्न गर्दैमा समय बित्न सक्छ, काम भने अधुरै रहने देखिन्छ। सानातिना काममै अल्झनुपर्ने समय छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ। उपचारमा खर्च हुन सक्छ। पठनपाठनमा समय दिन नसकिएला। सहयोगीका माध्यमबाट केही काम सम्पादन भए पनि प्रतिकूल परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। फुर्सद मिल्नुका साथै विशेष कार्यक्रममा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोला, धैर्यसाथ लगनशील बन्दा स्थितिमा सुधार आउन सक्छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoढिलासुस्तीले काम बिग्रनेछ। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउने सम्भावना देखिन्छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। पारिवारिक असमझदारी बढ्न सक्छ। आमाको सहयोगबाट काम बन्नाउन सकिनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रयत्न गर्दा ढिलै भए पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायमा लगानी गर्दा फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraलगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतमा सम्पादित कामबाट भने लाभ हुनेछ। चिताएको काममा अवरोध हुनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। फाइदा उठाउन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। समस्यामा नजिककाले पनि साथ नदिन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकेही आम्दानी भए पनि खर्चको मात्रा निकै बढ्न सक्छ। श्रमको उचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ। सञ्चित रकम सकिनाले अभाव महसुस हुनेछ। आँटेको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यत्ति मन नजाला। धेरै प्रयत्न गर्दा कम प्रतिफल पाइने देखिन्छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesश्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। चुनौती आइलाग्न सक्छन्। बाध्यताले मन खिन्न बनाउनेछ। कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, ठूलो उपलब्धि नभए पनि हानिनोक्सानीबाट बच्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो) 

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State