• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Literature, News » नेपाली युबा बैज्ञानिकको चमत्कार-बनाए बिचित्रको यन्त्रमानव हेर्नुहोस
नेपाली युबा बैज्ञानिकको चमत्कार-बनाए बिचित्रको यन्त्रमानव हेर्नुहोस

माघ १७, जनकपुरधाम । मनमा उब्जेको प्रश्नलाई गम्भीरतापूर्वक लियो भने त्यसको समाधान अवश्य निस्किन्छ भन्ने भावनालाई साकार रुप दिएका छन्– एक युवकले । 
बाल्यकालमा ब्याट्री कसरी विद्युतमय हुन्छ भन्ने जिज्ञासाको खोज गर्दागर्दै विज्ञान प्रविधिमार्फत ८ कक्षामा नै चकित हुने उपकरण सार्वजनिक गरी यन्त्र मानव बनाउनेसम्मको यात्रामा सफलता प्राप्त गर्नेमा युवक कृष्णकुमार मण्डल छन् । तालीको आवाजबाट बल्ब बाल्ने र निभाउने, टाढैबाट बल्ब नियन्त्रण गर्न सक्ने, तारमा नछुवाइकन तारमा विद्युत् प्रवाह छ वा छैन पत्ता लगाउने, प्रकाशबाट बल्ब नियन्त्रण गर्न सक्ने, पानी ट्याङ्कीको तह पत्ता लगाउने, चोरीजस्ता अपराध कार्यबाट बचाउने, आवाजबाट ढोका आफैँ खुल्ने र बन्द हुनेजस्ता उपकरण मण्डलले ८ कक्षामा पढ्दै सार्वजनिक गरी अहिले त्यसको कार्यविधिसहितको पुस्तक पनि प्रकाशन गरेका छन् । 

बुबा अरुण धनुषा जिल्लाको यदुकोहामा ब्याट्रीलाई विद्युत्मय बनाउने कार्य गरिरहँदा ब्याट्री किन, कसरी र कुन प्रक्रियाले विद्युत्मय हुन्छ भन्ने प्रश्नले मनलाई अशान्त बनायो, पसलमा बसेर त्यसैका बारेमा घोत्लिइरहेका बेला विद्युतमय प्रविधि सम्बन्धमा ज्ञान हासिल गरी यन्त्र मानव बनाउनेसम्म भइसकेको छु–कृष्णले भने । उनले दुई वर्षअघि बनाएको यन्त्र मानवले शब्द, नाम र विभिन्न प्रश्नको जवाफ तथा पसलबाट सामान ल्याउन सक्छ । सुरुमा निकै समस्या आए पनि पछि एक वर्षको शिशुले गर्न सक्ने कार्य योग्य बनाएको उनी बताउँछन् । 

शिशुकालमा पढ्नुभन्दा पनि रमाइलोमा विश्वास राख्ने मण्डलमा बुबाको कार्यले नै आविष्कारतर्फ प्रेरित गरेको हो । उनी भन्छन् –‘चलचित्रमा प्रयोग गरिएको प्रविधि अन्तर्गत ८ कक्षामा नै आश्चर्य लाग्ने उपकरण सार्वजनिक गर्नमा सफलता प्राप्त गरेँ ।’ उनी एक वर्षको शिशुले गर्न सक्ने कार्यको यन्त्र मानव बनाउने सफलतापछि अब पाँच वर्षको शिशुले गर्ने क्रियाकलापको यन्त्र मानव बनाउनमा लागिपरेका छन् । कृष्णको विश्वास छ– आगामी यन्त्र मानवले घरको अधिकांश कार्य आफैंले गर्नेछ । 

एक वर्षको यन्त्र मानवको संरचना प्लास्टिकको भएकामा पाँच वर्षको यन्त्र मानवको संरचना अल्मुनियमको राख्ने उनको योजना छ । उनको पहिलो यन्त्र बनाउने सपना १० कक्षा उत्तीर्णपछि साकार भयो भने दोस्रो यन्त्र निर्माणको सपना अवश्य पूरा हुने आत्मविश्वास उनीमा छ । उनी भन्छन् –‘मलाई पुरानो जीवनशैलीको बारेमा सोच्दा डर लाग्छ, रु १० जाने वस्तु लिन सयौँ खर्च गरिरहेका छौँ, त्यसैले अरुमाथि निर्भर छौँ, म देशलाई विज्ञान प्रविधिमा अगाडि भएको हेर्न चाहन्छु ।’ रासस

Labels: Articles, BreakingNews, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State