• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » राजविराजमा मोर्चा र काँग्रेस कार्यकर्ताबीच झडप
राजविराजमा मोर्चा र काँग्रेस कार्यकर्ताबीच झडप

माघ १८, सप्तरी । नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन बिथोल्न खोज्ने संयुक्त मधेसी मोर्चा र काँग्रेस कार्यकर्ताबीच आज राजविराजमा झडप भएको छ ।राजविराज–४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बिथोल्न खोज्दा झडप भएको हो । मोर्चाका नेता तथा कार्यकर्ताले निर्वाचन स्थलमा अवरोध पु¥याउन थालेपछि काँग्रेसका कार्यकर्ता प्रतिकारमा उत्रेका थिए ।सोही क्रममा भएको झडपमा युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक तारकेश्वर यादव घाइते भएका प्रहरीले जनाएको छ । 

घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सो घटनाको कारण राजविराज तनावग्रस्त रहेको छ । अहिले त्यहाँ व्यापकरुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्र्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैगरी, राजविराज नगरपालिकाको गजेन्द्रचौक, सहिद दर्शन चौकलगायतका विभिन्न स्थानमा बिहानैदेखि मोर्चाले टायर बालेर विरोध प्रदर्शनलाई जारी राखेका छन् ।
काँग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् । सचिवमा दीपक चौधरी र शत्रुध्नप्रसाद साह तथा कोषाध्यक्षमा विमल श्रेष्ठ र मेराज अन्सारी प्रतिस्पर्धामा उत्रेको बताइएको छ । यसअघि सप्तरीको विभिन्न गाविसमा आयोजित काँग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताले बिथोलेका थिए ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State