संघिय समाजबादी फोरम घटक ३ विद्यार्थी भ्रातृ संगठनहरुबीच एकीकरण सम्पन्न
फागुन १४, काठमाडौं । संघीय समाजवादी फोरम, नेपालको तीन वटा विद्यार्थी भ्रातृ संगठनहरुबीच बुधवार एकीकरण घोषणा भएको छ ।
फोरम नेपालको भ्रातृ संगठनहरु मधेशी विद्यार्थी फोरम नेपाल, अग्रगामी विद्यार्थी यूनियन नेपाल र राष्ट्रिय खस विद्यार्थी समाजबीच समायोजन घोषणा भएको हो ।
समायोजित विद्यार्थी संगठनको नयाँ नाम समाजवादी विद्यार्थी फोरम, नेपाल राखिएको छ । १२८ सदस्यीय विद्यार्थीको नयाँ कार्यसमितिमा विवेक राई अध्यक्ष, रमेश यादव वरिष्ठ उपाध्यक्ष, संदीप पाण्डे उपाध्यक्ष, वरुण यादव महासचिव, दिपेश यादव उपमहासचिव चयन भएका छन् ।
नयाँ कार्यसमितिलाई पार्टी अध्यक्ष उपेन्द्र यादव लगायत पदाधिकारीहरुले बधाई तथा शुभकामना दिएका छन् ।


0 comments
Write Down Your Responses