अन्तर्राष्ट्रिय हवाई उडानभित्र अर्थमन्त्रीलाई डरलाग्दो शंका लागेपछि...
फागुन १६, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने ‘क्याटरिङ’का सामग्रीमा सुक्ष्म निगरानी एवम् परीक्षण गर्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।
उनले उडानमा प्रयोग हुने खाद्यान्नका सामग्री ‘लोड अनलोड’ हुँदा अवैध कारोबार हुने गरेको सूचनाका आधारमा त्यसलाई नियन्त्रण गर्न आइतबार कडा निर्देशन दिएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय उडानका क्रममा हुने सक्ने आर्थिक अपराधलाई रोक्न भन्सार विभागलाई निर्देशन दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
सो विषयमा अर्थमन्त्री पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलसँग कुराकानी भएको थियो ।
क्याटरिङ लैजाने र त्यसबाट उत्पन्न हुने अनावश्यक सामग्री ‘अनलोड’ गर्ने क्रममा हातहतियार, सुन, लागु औषध, जाली नोटको कारोबारजस्ता गम्भिर अपराधका घटना हुनसक्ने आशङ्का गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानका क्रममा हुनसक्ने त्यस्ता अवैध कार्यलाई नियन्त्रण गर्न भन्सार विभाग सधैँ सजग रहेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले जानकारी दिए । अर्थमन्त्रीको निर्देशनपछि जहाजका लागि जाने क्याटेरिङका सामग्रीको सुक्ष्म निगरानी (स्क्यानिङ)मा विशेष निगरानी राख्न भन्सार कार्यालयलाई निर्देशन दिइएको उनले बताए ।
महानिर्देशक ढुङ्गानाले भने, ‘क्याटरिङका लागि कति सामग्री गएका छन्, आउँदा कति फिर्ता भएका छन् र कुन अवस्थामा छन् भन्ने विषयमा भन्सार विभागले रेकर्ड राख्ने छ ।’ क्याटरिङका माध्यमबाट भन्सार चलेका सामग्री अवैधरुपमा आयात तथा निर्यात हुनसक्ने सम्भावनाका विषयमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन आएको उनको भनाइ छ ।
सो विषयमा वि।सं २०६८ / २०७१ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा समितिले विशेष चासो देखाएको थियो ।
-काठमाडौं टुडेबाट
महत्वपूर्ण भिडियोको लागि तल क्लिक >>>>>>>>>


0 comments
Write Down Your Responses