रोल्पामा अत्याधिक अपराधिक घटना बढ्न थाल्यो
फागुन १६, रोल्पा । रोल्पा सदरमुकामबाट २८ कोष टाढाको गाउँ थवाङमा एउटा हत्याको घटना सेलाउन नपाउँदै अर्काे घटना भएको छ ।
थवाङ ९ का ४९ वर्षीय विरवल वुढाले आफ्नी ३१ बर्षीया श्रीमति सिता बुढालाई वियरको बोतलले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ । गत ८ गते भएको घटना थवाङ प्रहरीले १४ गते राति मात्र थाहा पाएको थियो ।
८ गते साँझ श्रीमतीको हत्या गरेका विरवलले ९ गते गाउँलेहरुलाई बोलाई भिरबाट लडेर श्रीमतीको मृत्यु भएकोे भन्दै ९ गते बिहान रुकुमको महत–५ स्थित जङ्गल छेउमा पुरेको प्रहरीले जनाएको छ ।
१४ गते राति घटनाको जानकारी पाएको थवाङ प्रहरीले १५ गते मृृतकलाई पुरेको ठाउँ उत्खनन गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै छ ।
‘मृतकको टाउकोमा चोट देखिएको छ ।’
रोल्पा प्रहरी प्रमुख रमेश थापाले भने, ‘मृतकका पति विरवल बुढा प्रहरी नियन्त्रणमा छ ।’
थवाङ ९ मै गत ११ गते तिलाकुमारी पुनले आफ्नो श्रीमान र सासु आमाको हत्या गरेका थिइन् । त्यस्तै केही दिन अगाडि थवाङको छिमेकी गाविस उवामा वैदेशिक रोजगारबाट फर्किएका युवकको हत्या गरी २ लाख नगद र ३ तोला सुन लुटिएको थियो ।
यस सम्बन्धि महत्वपूर्ण घटना हेर्न तल >>>>>>>>>>


0 comments
Write Down Your Responses