• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Politics » नेपाली जनताको अधिकार लागि देश ब्यापी निर्णायक आन्दोलन गर्ने : उपेन्द्र यादव
नेपाली जनताको अधिकार लागि देश ब्यापी निर्णायक आन्दोलन गर्ने : उपेन्द्र यादव

फागुन १३, काठमाडौं । आन्दोलनरत मधेशी मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली माथि गम्भीर आरोप लगाउँदै मुलुक ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले मुलुकको मर्यादा गिराउने काम गरेको गम्भीर आरोप लगाए । यादवले भने, ‘केपी शर्मा ओली भन्दा अरु कोही पनि रहेनछन् देशको मर्यादा गिराउने, विना बर्दी मधेशवासीले सीमाको रक्षा गरेका छन्। ’ 

प्रधानमन्त्री ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको दाबी गरेका पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले आवश्यक तयारी नगरी आवेग र उत्तेजनामा प्रधानमन्त्री दिल्ली दौडिनु गलत भएको बताए । नेपाली जनताको संघियता र सिमांकनको माग सम्बोधन गर्ने गरी सरकारले ठोस कदम नचाले नेपाली जनताले फेरी मुलुक ठप्प पार्ने गरि आन्दोलन गर्ने चेतावनी दिए । मदेशको आन्दोलनले ‘हिजो त वीरगञ्ज मात्रै बन्द थियो, सुनेन, अव बेलैमा बुद्धि फुरेन भने आदिबासी जनजाति, सिमान्तकृत, महिला, दलित सबै उठेर मुक्तिको निर्णायक आन्दोलन गर्ने जसले उत्तर दक्षिण सबै बन्द गर्ने र सदियौ देखि राज गर्दै आएको एक जात एक शासकको घाटि अठ्याउने चेतावनी दिनु भयो ।’ उत्तर र दक्षिण दुबै तीरका नाका अवरुद्ध गर्ने गरी हुने आन्दोलनमा मधेशी, पहाडी, हिमाली सबै क्षेत्रका नागरिक सहभागी हुने उनको भनाइ छ । 

देशभक्ती पूर्ण रुपमा हुने सो आन्दोलन शान्ति पूर्ण हुने दावी गर्दै यादवले अहिले आफूहरु आन्दोलनको समिक्षासहित शक्ति सञ्चय गरेर विगतको भन्दा कडा आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको जानकारी दिए । सरकारले मधेशी मोर्चाको माग सम्बोधन गर्न भन्दै गठन गरेको पन्चे संयन्त्रमाथि शंका उनले व्यक्त गरेका छन् । उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा सीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति टिप्पणी गरेका यादवले संघीयता र गणतन्त्र विरोधी पन्चेप्रेमीलाई संघीयताको विषय हल गर्ने जिम्मेवारी दिनु हास्यास्पद भएको टिप्पणी गरे । 

साथै उनले भने, ‘यो संयन्त्र दिल्लीलाई ठग्न बनाएको हो । मधेसी मोर्चाले यो आयोगलाई मान्यता दिँदैन ।’ राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधान र आफूहरुले अघि सारेको ११ बुँदे माग अनुसार आफूहरुको माग सम्बोधन गरे मात्रै सकारात्मक वातावरण बन्ने उनको भनाइ छ ।

Labels: BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State