• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Videos » चितवनमा नायिका केकी अधिकारीको सबिनसंग भयो बिहे ! जन्त जम्मा ७ जना
चितवनमा नायिका केकी अधिकारीको सबिनसंग भयो बिहे ! जन्त जम्मा ७ जना

काठमाडौं, १३ फागनु । नायिका केकी अधिकार र नायक सविन श्रेष्ठले चितवनमा पुुगेर बिहे गरेका छन् । उनीहरुले बेहुला बेहुुली भएर एकले अर्कालाई माला पहिराईए पछी रिक्सामा चढेर नारायणगढ बजार पुरै घुमेका छन् भने बिहेका जन्त जम्मा ५/६ जना देखिएको थियो भने चलचित्रका निर्माता तथा संगीतकार चेतन सापकोटा, निर्देशक नवल नेपाल नाच्दैं तथा थपडी बजाउदै हिडेको देखिन्थ्यो । यसको प्रमुख कारण चाही चलचित्र ‘भाग सानी भाग’को स्थलगत प्रचारका क्रममा उनीहरुले यो तमासा देखाएको हो । 


पोखराबाट आफ्नो फिलिमको प्रचारको लागि देशदौडाहमा निस्किएको फिल्म यूनिट चितवनबाट हेटौडा लागेको छ । केकी र सविनका साथमा चलचित्रका निर्माता तथा संगीतकार चेतन सापकोटा, निर्देशक नवल नेपाल नाच्दैं तथा दौडदै प्रचारमा उत्रिएका छन् । नवल नेपालको लेखन र निर्देशनमा निर्माण भएको यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ ।

रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रमा उतारिएको बताईएको छ । चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँईको प्रस्तुतीमा बनेका यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

Labels: Articles, BreakingNews, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State