आन्दोलन निष्कर्समा पुर्याउन काठमाडौंमा १० लाख जनता - यसको लागि भरातले सहयोग गर्ने
माघ २०, वीरगञ्ज । जारी मधेश आन्दोलनलाई सशक्त पार्न मधेशवादी राजनीतिक दलहरुले भारतको सहयोगमा काठमाडौंमा १० लाख जनता भित्र्याउने भएका छन् ।
संयुक्त मधेशी मोर्चाका नेताहरु पछिल्लो समय आन्दोलनलाई लम्ब्याउनु भन्दा पनि काठमाडौंलाई केन्द्र बनाई मदेशी पहाडी जनताको जायज माग पुरा गर्न कडा आन्दोलन गर्ने बिसयमा समर्थन खोज्दै भारतको बिहार पुगी त्यहाँका नेताहरुसंग छलफल गरेका थिए । सो क्रममा भारतीय नेता र मधेशी मोर्चाबीच १० लाख नेपाली जनतालाई काठमाडौं ल्याउने र उनीहरुलाई परिचालन गरी आन्दोलनलाई निर्णाय बनाउने सहमति भएको हो ।
मधेशी मोर्चाका नेताहरुले १० लाख नेपालि जनतालाई मुख्य आन्दोलन स्थलमा ल्याएर नाकाबन्दीलाई अझ सशक्त पार्ने योजना बनाएका समेत बताइएको छ । संयुक्त मधेशी मोर्चाको आग्रहमा नेपाल सरकारले मधेशी समुदाय, आदिबाशी जनजाति, दलित, महिलाप्रति गरेको हेपाहा व्यवहारविरुद्ध नेपाली जनता उठाएर सडकमा उतार्ने सहमति भएको जानकारी दिए । बिहारको मुजफ्फपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय संसदका सदस्य समेत रहेका सिंहले भन्नु भयो-सबै नेपाली जनता बराबर हुन् कोहि माथि कोहि तल हुन सक्दैन, सम्पूर्ण आदिबासी जनजाति, दलित, उत्पीडित नेपालि एबम मधेशीहरुको अधिकार प्राप्तिको लागि काठमाण्डौसम्म पुगेर अनसन र धर्ना गर्न नेपाली जनतालाई भारत सरकारको सहयोग रहने बताउनु भयो ।
यसैबीच, बिहार भ्रमणबात फर्किएपछि संयुक्त मधेशी मोर्चा, आदिबाशी जनजाति मुस्लिम महिलाले संयुक्त रुपमा काठमाण्डौमा बैठक राख्ने र थप कडा आन्दोलन र विरोधका कार्यक्रम तय गरिने भएको छ । १० लाख नेपालि जनतालाई आन्दोलनका लागि काठमाण्डौ सम्मै उतार्ने सहमति गर्ने मधेशी मोर्चाको टोलीमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, तराई मधेश डेमोक्र्याटिक पार्टीका सभासद जगीलाल यादव लगायत आदिबासी जनजातिका नेताहरुको सहभागिता रहेको छ ।
२१ औं सताब्दिमा पनि जनताको स्वतन्त्रता, स्वायत्त हक अधिकार र समग्र समुदायको अस्तित्व बचाउन पाउने अधिकारलाई लत्याएर ल्याईएका बाहुनबाद संविधानलाई पुनर्लेखन गरि सम्पुर्ण नेपाली जनताको संबिधान बनाएर छाड्ने मदेशी नेताहरुले बताएका छन् ।

0 comments
Write Down Your Responses