यौन सम्पर्कबाट जीका भाइरस संक्रमण-भिडियो
माघ २०, काठमाडौं । लामखुट्टेको टोकाइबाट मात्रै संक्रमित हुने बताइएको जिका भाइरस संक्रमण भएको व्यक्तिको यौन सम्पर्कबाट पनि संक्रमण भएको बताइएको छ ।
अमेरिकाको टेक्सासमा यौन सम्पर्कबाट जिका भाइरस संक्रमण भएको घटना बाहिर आएसँगै चुनौती थपिएको छ ।
जिका भाइरसबाट संक्रमित व्यक्तिसँगको यौन सम्बन्धबाट उक्त भाइरस संक्रमण भएको बिबिसिले जनाएको छ ।
मंगलबार विश्व स्वास्थ्य संगठनले जिका भाइरस संक्रमण बढ्दै गएपछि विश्वभर आपत्तकालीन घोषणा गरेको थियो ।



0 comments
Write Down Your Responses