प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउनेहरुहरुलाई भारतले रिहा गर्यो !
फागुन ९, काठमाडौं । ६ दिने भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा कालो झण्डा देखाउने विद्यार्थीहरुलाई रिहा गरिएको छ ।
भारतको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालो भण्डा देखाउने सबै मधेस केन्द्रित दलका विद्यार्थीहरुलाई आइतबार रिहा गरिएको हो ।
कालो झण्डा देखाएको आरोपमा २२ जना विद्यार्थीहरुलाई पक्राउ गरी तिहाड जेल चलान गरिएको थियो । तर, आइतबार ति सबै विद्यार्थीहरुलाई रिहा गरिएको हो । प्रधानमन्त्री ओली गएको शुक्रबार भारतको ६ दिने राजकीय भ्रमणका लागि दिल्ली पुगेका थिए ।


0 comments
Write Down Your Responses