• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, international news, News, Politics » आन्दोलनले दिल्ली पुरै हाहाकार, मूख्यमन्त्रीले गुहारे केन्द्रीय सरकार
आन्दोलनले दिल्ली पुरै हाहाकार, मूख्यमन्त्रीले गुहारे केन्द्रीय सरकार

फागुन ९, काठमाडौं । भारतको हरियाणमा केही दिन यता जारी रहेको आरक्षणको माग सहितको आन्दोलनका कारण राजधानी दिल्लीमा पानीको हाहाकार भएको छ । आरक्षणको माग गर्दै जाट आन्दोलनकारीले मुनक नहरलाई बन्द गरिदिएपछि दिल्लीमा पानीको हाहाकार भएको मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई जानकारी गराएका छन् । 

आन्दोलनकारीले नहरलाई बन्द गरिदिएपछि दिल्लीमा पानीको संकट पैदा भएसँगै त्यसक्षेत्रका सबै शिक्षण संस्था बन्द गरिएको छ । पानीको संकट भएपछि आपूर्तिका लागि दिल्ली राज्य सरकारले केन्द्रीय सरकारसँग सहयोग मागिसकेको छ । 

स्मरणरहोस् हालै नेपालको तराईमा भएको आन्दोलनलाई अधिकारको आन्दोलन भन्दै भारतले माग पूरा गराउन दबाब दिने उद्देश्यले करिब साढे चार महिना नेपालमा नाकाबन्दी लगाएको थियो । दिल्लीका मूख्यमन्त्री केजरीवालले सेनाको मद्दतबाट मुनक नहरमा पानी छोडाउन प्रयास भइरहेको नहरबाट पानी आएपनि ट्रिटमेन्टमा २४ घन्टाको समय लाग्ने भन्दै दिल्लीवालालाई पानीको कम भन्दा कम प्रयोग गर्न अपिल गरेका छन् ।

Labels: BreakingNews, international news, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State