• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, international news, Literature, News » नेपाली महिला बैज्ञानिक शुशिला महर्जन अमेरिकामा पुरस्कृत
नेपाली महिला बैज्ञानिक शुशिला महर्जन अमेरिकामा पुरस्कृत

माघ ३, वाशिंङटन डिसी । काठमाडौँमा जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जन अमेरिकामा ‘दि एल्सभियर फाउन्डेसन’ पुरस्कार द्वारा सम्मानित भएकी छिन् । विश्वका पाँच महिलाहरुमध्ये नेपाल बाट मनोनितमा परेकी डा सुशिल महर्जनलाई वाशिंगटन डिसीमा फेब्रुअरी १३ मा एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो । पुरस्कृत हुने सबैलाई उनीहरुले अनुसन्धानमा गरेको प्रतिबद्धताको साथै बिकशित मुलकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा परेको प्रभावको कारण पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत गर्ने संस्थाले समर्पित महिला बैज्ञानिकहरुले श्रोतको अभाव ,उपकरणको कमि ,काम गर्ने अवस्था नाजुक भएता पनि उल्लेख्य काम गरे वापत उक्त पुरस्कार प्रदान गरिएको हो । 

यो पुरस्कार सन् २०१२ बाट थालनी भएको हो भने प्रत्येक पुरस्कृत अनुसन्धानकर्ता बैज्ञानिक महिलालाई सम्मान स्वरुप पाँच हजार डलर प्रदान गरेको छ । एल्सभियर फाउन्डेसन अनुसार पोषण, मनोबैज्ञानिक , जीवप्रबिधि , मानसिक रोग चिकित्सा , महिला स्वास्थ्य , जीव वातावरण तथा सरुवा रोग सम्बन्धि ५ महिलालाई सम्मान गरेको जनाएको छ । नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जनले आफ्नो मन्तब्यमा आफुले गरेको अनुसन्धान तथा संघर्षका बारेमा जानकारी गराएकी थिईन डिा महर्जनलाई उनले नेपालको उचाई क्षेत्रमा स्ट्रेप्टोमाईसिन ब्याक्टेरिया सम्बन्धि अनुसन्धानको लागि पुरस्कृत गरिएको हो । यसैबीच ,नेवा अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा डा महर्जन संग डिसी महानगर क्षेत्रको सिल्भर स्प्रिङ्ग्स मा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्यो । 

उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले गरेका थिए अिध्यक्ष श्रेष्ठले डा सुशिला महर्जनले सम्पूर्ण नेपाली समुदायको नाक राखेकोमा गर्व गर्दै शुभकामना दिएका थिए डिा महर्जनलाई सम्मान गर्नुको साथै अन्तरक्रिया कार्यक्रम समेतको व्यवस्था गरिएको थियो । दि एल्सभियर फाउन्डेसन अवार्ड प्राप्त गरेकी महर्जनलाई अमेरिकामा रहेका शुभ चिन्तक ,संस्थाका केहि व्यक्ति तथा अमेरिकामा काम गरि रहेका नेपाली बैज्ञानिकले समेत नेपालीको लागि गौरव भएको भन्दै शुभकामना दिएका थिए । 

नेवा अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले बिद्या वारिधि कोरिया बाट अध्ययन गरेर आए पछि नेपालमा केहि गर्नु पर्छ भनेर आफ्नो लगानीमा रिसर्च इन्सटिट्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी रिब खोलेको बताइन । उनले विदेशमा बस्ने सबैले नेपालको लागि केहि गर्नु पर्छ भन्ने सुझाब राख्दै आफ्नो संस्थालाई पनि केहि सहयोग चाहना राख्ने सबैलाई स्वागत गर्ने बताईन सिहभागीहरुले केहि जिज्ञासा पनि राखेका थिए ।

Labels: Articles, BreakingNews, Entertainment, international news, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State