• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Health, Literature, News » आफ्नो प्यारो बुबाको मृत्यु भएपछी ८ बर्से बालिका बसिन क्रियापुत्री
आफ्नो प्यारो बुबाको मृत्यु भएपछी ८ बर्से बालिका बसिन क्रियापुत्री

फागुन३, इटहरी । मानिसको मृत्यु पछिको कर्म गर्न छोरा नै आवश्यक पर्छ र उमेरै पुगेको हुनुपर्छ भन्ने नेपाली समाजको मान्यतालाई कोशीहरैँचा ९ सलकपुरकी ८ वर्षिया बालिका विकिना राउतले तोडेकी छिन् । घरकी एक्ली सन्तानको रुपमा रहेकी विकिनाका पिताको ११ दिन अघि निधन भएको थियो । काठमाडौको जवलाखेलमा रहेको लिटल एन्जल्स बोर्डिंग स्कुलमा ३ कक्षामा पढ्ने उनले कसैको दवावमा नपरी स्वतस्फुर्त रुपमा बुवालाई दागवत्ति दिइन् भने १३ दिनको काजकिरियामा समेत आँफै सामेल भइन् । छोरा नभएको परिवारमा छोरीले समेत आमा बाबुको काजक्रिया गर्न सकिन्छ भनेर आफुले बाबुको काममा बसेको बिकिनाले रुदै बताइन । 

उनले आफुले यसरी काममा बस्दा बाबुले स्वर्गमा बास बस्न पाउने समेत बताँउछिन । उमेरमा सानी भएपनि बिकिनाले बुबाको शबलाई दाहसस्कार गर्ने बेलमा समेत कपाल मुण्डन गर्नका लागि रुदै जोड समेत दिएको परिवारले जनाएको छ । त्यति मात्र नभएर काजक्रियामा बस्दा अपनाउनुपर्ने सम्पुर्ण बिधिमा समेत बालिका बिकिना सामेल भएको देखेपछि स्थानियहरु समेत आश्चर्यचकित भएका छन । नेपाल प्रहरीको सेवामा रहेका उनका वुवा सितारामको ४० वर्षको उमेरमा जण्डिसका कारण निधन भएको हो । उनकी आमा वविता समेत नेपाल प्रहरीको सेवामा कार्यरत छिन् । 

आमा वविताका अनुसार छोरीलाई वावुको काम गर्न कुनै दवाव दिइएको होइन । बाबुको देहान्त पश्चात आफुले अन्तिम सँस्कार गरे स्वर्गमा वस हुन्छ भन्दै छोरीले वावुको कर्ममा वसेको देख्दा आफुलाई नै आश्चार्य लागेको आमा वविताले बताईन । ८३ वर्षिय हजुरवुवा लालबहादुर राउतले समेत नातिनीले छोराको कर्म गरेकोमा पहिले आश्चर्य लागे पनि सबैले ठिक गरि भनेको सुन्दा खुसी भएको बताए । समय परिवर्तन भइसकेको हुँदा अव छोरा नहुँदा कसले कर्म गर्ला भन्ने पीर नरहेको उनले बताए । मृतकको कर्म चलाउन तीथि गर्दै आएका पुरोहित खेमराज लम्सालले समेत छोरी कर्ममा वसेको सुनेको तर ति सानो उमेरमा परिपक्क कुरा गर्ने छोरी नदेखेको बताए । 

उहाले शास्त्रमा छोरी क्रियामा वस्ने उल्लेख नगरे पनि समयको माग अनुसार वावु वा आमाको क्रियामा छोरी वस्नु अव नौलो नभएको सुनाए । स्थानिय समाजेवी तथा मोरङ पयाप्सनका अध्यक्ष टिका ढकालले वर्षौ देखि चलिआएका पुरातन सोचहरुलाई परिवर्तन गर्नु आवश्यकता रहेको औल्याए । उनले छोराको आशामा धेरै सन्तान जन्माउने परिपाटीको अन्त्य हुन यस्ता उदाहरणिय कामले मदत पुग्ने समेत बताए । हाम्रो समाजमा अहिले पनि छोरा नभइ कुनै काजक्रिया हुदैन भन्ने कु सस्कारलाइ तोडदै सलकपुरकी यि बालिकाले गरेको प्रयासलाइ हामी सबैले प्रंससा गर्नु आवस्यक देखिन्छ ।

Labels: Articles, BreakingNews, Health, Literature, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State