• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » अनेरास्ववियूको अध्यक्षमा केपी ओली निकट नविना लामा निर्वाचित, प्यानलमा नै संस्थापनको वर्चस्व
अनेरास्ववियूको अध्यक्षमा केपी ओली निकट नविना लामा निर्वाचित, प्यानलमा नै संस्थापनको वर्चस्व

काठमाडौं, फागुन ९ । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन् । केही बेर अघि मात्रै सम्पन्न मतगणनाका आधारमा लामाले निकटतम प्रतिद्धन्द्धी दिपक गौतमको २१६ मत बढी ल्याएर पराजित गर्न सफल भएको अखिलका नेता आरसी लामीछानेले जानकारी दिए ।

निवर्तमान प्रवक्ता समेत रहेका नेता लामीछानेका अनुसार अघिल्लो कार्यकालमा महासचिवको भूमिका निर्वाह गरेकी लामाले कुल १५ सय ९७ जना कुल मतदातामध्येबाट ८ सय ६५ मत ल्याउन सफल भएकी हुन् । त्यस्तै लामा प्रतिद्वन्द्वी दीपक गौतमले मत ६ सय ४९ पाएका छन् । आइतबारको परिणामसागै लामा अखिलको दोस्रो महिला अध्यक्ष बनेकी छिन् । एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीपछि उनी अखिलको महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।

त्यस्तै अनेरास्ववियूको उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भएका छन् भने महासचिवमा ऐनबहादुर महर विजयी भएका छन् । प्यानलको शीर्ष स्थानमा बिजय भएका सबै संस्थापन पक्ष ओली निकटतम उम्मेदवार हरु हुन् ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State