• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » समबेदनाहिन केपी सरकार, इतिहासकै ठुलो सास्तीमा जनता -मोदीको निम्तोले लुरुक्कै चिन बेवास्ता
समबेदनाहिन केपी सरकार, इतिहासकै ठुलो सास्तीमा जनता -मोदीको निम्तोले लुरुक्कै चिन बेवास्ता

माघ २१, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको तयारीले चीन भ्रमण र व्यापार विविधीकरणसहितका विषय उपेक्षामा परेका छन् । स्वतन्त्र व्यापार सम्झौता र पारवहन सन्धिको विषयमा थप छलफलसमेत भएको छैन । नेपालले आफूलाई प्राथमिकता नदिएको भन्दै चीन असन्तुष्ट भएको उच्च कूटनीतिक स्रोतले बताईएको छ । एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड सदस्यमा पुर्‍याएर उच्च प्राथमिकता दिए पनि नेपालले प्राथमिकता नदिएकोमा चीन असन्तुष्ट बनेको छ । 

‘प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १६ पुसमा भएको टेलिफोनवार्तापछि सरकारले भारतलाई मात्रै प्राथमिकता दिएको भन्ने चीनको निचोड थाहा पाएका छौँ,’ स्रोतले भन्यो, ‘सरकारले चीनको चर्चा गरे पनि भारतलाई प्राथमिकतामा राखेको भन्ने चीनले बुझेको छ । यसबाट चीन सन्तुष्ट छैन भन्ने बुझिन्छ ।’ मोदीको निम्तोपछि चीन उपेक्षामा परराष्ट्रमन्त्री कमल थापाले १४ पुसमा चीनबाट फर्केर प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने बताएका थिए । 

तर, १६ पुसमा भारतीय समकक्षी मोदीले ओलीलाई टेलिफोन गरे । ओली र मोदीबीच नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदान भयो । मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिए । त्यसको १२ दिनपछि २८ पुसमा प्रधानमन्त्री ओलीले सरोकारवाला मन्त्री र सचिवहरूलाई बोलाएर भारत भ्रमणमा प्रस्तुत गर्ने पुराना र नयाँ एजेन्डाको तयारी गर्न भने र समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए । ७ देखि ११ फागुनसम्ममा प्रधानमन्त्री भारत जाने तयारी भइरहेको छ । परराष्ट्रमन्त्री थापाले भने चीनसँग स्वतन्त्र व्यापार सम्झौता र पारवहन सन्धि हुने र त्यसको तयारी भइसकेको बताएका थिए । तर, चीनसँग पछिल्ला दिनमा यसबारे कुराकानीसमेत भएको छैन । 

‘अहिलेसम्म त्यस्तो केही तयारी गर्न भनिएको छैन, हामी अनभिज्ञ छौँ,’ वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीभन्दा माथिल्लो निकायबाट केही भएको भए थाहा भएन ।’ प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीले बोली फेरे, १४ पुसमा चीन भ्रमणबाट फर्किएपछि परराष्ट्रमन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण चाँडै हुन्छ, त्यही क्रममा व्यापार विविधीकरण, दीर्घकालीन रूपमा व्यापारलगायत आर्थिक विकास साझेदारीका विषयमा महत्त्वपूर्ण सम्झौता हुन्छ । ’ थापाले संकेत गरेको ‘छिटै’ भ्रमणको साइत अझै जुरेको छैन । एक महिनापछि परराष्ट्रमन्त्री थापाले १० माघमा होटेल मल्लमा नेपाल–चीन सम्बन्धबारे लेखिएको पुस्तक विमोचनमा पुग्दा केही बुद्धिजीवीसँग भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण तत्काल हुँदैन । अलिक पछि हुन्छ ।’ 

चैतमा पनि चीन भ्रमण अनिश्चित प्रधानमन्त्री ओलीले ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा सहभागी हुने गरी चीन भ्रमणमा जाने इच्छा देखाएका छन् । तर, भारत भ्रमणपछि मात्रै त्यसबारे प्रयास गर्ने पक्षमा परराष्ट्र मन्त्रालय छ । सम्मेलन ९ देखि १२ चैतसम्म चीनको हैनान प्रान्तमा हुने तय भएको छ ।गत वर्ष बोआओ सम्मेलनमा सहभागी हुन तत्कालीन राष्ट्रपति डा. रामवरण यादव हैनान गएका थिए ।

प्रधानमन्त्री ओलीले पनि औपचारिक रूपमा त्यहाँ जाने इच्छा राखेका छन्, तर टुंगो लागेको छैन ।‘अहिलेसम्म यो अनिश्चित छ, नेपालले जे विषयमा चीनसँग छलफल गर्नुपर्ने हो, बोआओ मञ्चको सम्मेलनमा जाँदा त्यसमा केही हुनेवाला छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘बरु एक महिनापछि औपचारिक भ्रमण नै गरौँ भन्ने कुुरा भएको छ । तर, भारत भ्रमणपछि मात्रै यसबारे टुंगो लाग्छ । अहिले चीनको कोल्ड रेस्पोन्स आएको हुनाले यसै भन्न सकिने अवस्था छैन ।’ 
जनताले इतिहाँस कै सबैभन्दा कहाली लाग्दो सास्ती भोगिरहेका छन् । केपी वली उखान तुक्का जोडेर जनतालाई जोक सुनाउदै ब्यस्त देखिन्छ । तराई मदेश आदिबासी दलित पिछडा आन्दोलन भएको आधा वर्ष हुन लाग्यो तर सम्बोधनको स पनि उच्चारण भएको छैन । कुर्सि टिकाउने खेलमा ६/६ जना डेपुटी प्रधानमन्त्रि अनि जम्बो मन्त्रीमंडल निर्माणमा नै ब्यस्त छ । मुलुकको अर्थतन्त्र इतिहाँसकै ठुलो धारासायी बनेको छ, उद्योग धन्धा बन्द छ, दैनिक करादौं राजस्व घाटामा छ । र पनि केपी सरकार मुर्धा सरह समबेदनाहिन भएको छ । 
अाजकाे नया पत्रिका दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State