अचम्म भिख पनि क्रेडिट कार्डबाट दिनु पर्ने !
माघ २०, एजेन्सी । तपाई हामीले देख्दै र भोग्दै आएका भिखारी भन्दा यि भिखारीको पहिचान भिन्न छ । यिनले खुल्ला पैसा नभए क्रेडिट कार्डबाट समेत भिखको पैसा लिँदै आएका छन् । जुन अमेरीकाको मिशनको डेट्रोएटमा बस्छन् । ४२ वर्षे एब हैगनस्टोन पछिल्लो केही वर्षदेखि नै यसरी भिख माग्दै आएका छन् ।
अंग्रेजी अखबार ‘द टेलीग्राफ’मा प्रकाशित खबरका अनुसार एब हैगनस्टोनले पछिल्लो केही वर्षयतादेखि ट्राफिकको बिचमा रातो बत्तिमा रोकीएका गाडीहरुमा गएर भिख माग्दै आएका छन् ।
यदि ट्राफिकमा भेटीएका मानिसहरुसँग खुला पैसा नभए उनले आाफैले बोकेका मास्टर र अमेरिकन कार्डबाट पैसा एक्सेप्ट गर्ने मेशिननै साथमा बोकेर हिँड्छन् ।
ट्राफिकमा रातो बत्तीमा रोकीएका गाडीमा निलो बत्ती नबुल्नुजेली उनले केही मिनटमा नै भिख मागी सक्छन् । यति मात्रै होइन हैगनस्टोनले आफ्नो छुट्टै प्रोफाइल समेत बनाएका छन् । उनले आँफैसँग एउटा बोर्ड समेत राखेका छन् जसमा लेखिएको छ होटल चाहीएमा सम्पर्क गर्नुहोला भनेर ।



0 comments
Write Down Your Responses