• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, News » भाजपा नेता कोसियारीले भने– नेपाल र भारत दुई देश तर जनता एक हुन् फागुन
भाजपा नेता कोसियारीले भने– नेपाल र भारत दुई देश तर जनता एक हुन् फागुन


फागुन २०, काठमाडौ । भारतीय जनता पार्टीका भगतसिंह कोसियारीले भारत र नेपाल दुई छुट्टाछुट्टै सार्वभौम राष्ट्र रहेको भएपनि जनता भने एकै रहेका छन् । काठमाडौंको खुला मञ्चमा भइरहेको कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाल र भारतको सम्बन्ध कसैले विगार्न नसक्ने भन्दै एकसाथ अघि बढ्नु पर्ने बताए ।

भाजपाका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महाधिवेशनको सफलताको शुभकामना सन्देश पठाएको भन्दै उनले नेपालमा भारतले रेल सेवा विस्तार गर्न खोजेको बताए । नेपालको शान्ति तथा विकासमा भारतले सघाउने चाहाने भन्दै यहाँ कुनै बस्तुको सहजताका लागि कार्य गर्ने बताए । 

एक अर्काे प्रसङ्गमा उनले नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन हुनु दुखद् भएको भन्दै सौहार्द वातावरण बनाएर दुई देशको मित्रता कायम राख्नु पर्ने बताए । तराई, पहाड र हिमाल मिलेर नेपाल राष्ट्र बनेको भन्दै उनले सबैको एकता र मेलमिलाप नै यहाँको विकास सम्भव रहेको धारणा राखे ।

Labels: Articles, BreakingNews, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State