• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Politics » ‘सुशील कोइरालाले भनेका थिए–तिमीहरु गाउँ जाओ जाओ तर आफैं माथि जानुभयो
‘सुशील कोइरालाले भनेका थिए–तिमीहरु गाउँ जाओ जाओ तर आफैं माथि जानुभयो

फागुन २०, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले १३ औं महाधिवेशन मार्फत कांग्रेसले मुलुकमा एकताबद्ध गर्न सक्ने नेतृत्व खोज्नु पर्ने बताएका छन् । काठमाडौंको खुला मञ्चमा भइरहेको पार्टीको १३ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री सिटौलाले संविधान जारी भइसकेको भन्दै यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । संविधान कार्यान्वयनको पहिलो चरणमा स्थानीय निकाय, संघीय निर्वाचन गर्नु रहेको भन्दै उनले यसलाई कार्यान्वयन गर्न र गराउन सक्ने नेतृत्व छान्नु पर्ने बताए । 

जारी महाधिवेशनमा सभापति पदका लागि उम्मेद्वारी घोषणा गरेका उनले गिरिजाप्रसाद कोइरालाले अघि सारेको योजनाले मुलुकमा शान्ति कायम भएको र अब सुशील कोइरालाले संविधान जारी गरेको छोडेको यसको कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने बताए । माओवादी र राजाको बन्दुकले मुलुकका अशान्ति छाएका बेला गिरिजाप्रसाद कोइरालाको प्रयासबाट मुलुकमा शान्ति आएको उनको भनाइ छ । पदीय स्वार्थमा बसेर मुलुक र पार्टी अघि बढ्न सक्दैन भन्दै सिटौलाले सबैको एकता र मेलमिलापले मात्रै बलियो र सक्षम मुलुक बन्न सक्ने धारणा राखे । 

कुनै नेताहरु सांघुरो घेरामा नरहेर माथि उठ्न नसक्ने भन्दै सबै बदल्ने सक्छौं नेपाल बदल्न होइन विकास र समृद्धि बनाउन सकिने बताए । खाडी र बाह्य मुलुक नेपाली युवाले पसिना बगाएर पठाएको पैसाले मुुलुक चलाएको भन्दै उनीहरुको समस्या समाधान गरी मुलुकभित्रै रोजगार निर्माण गर्नुपर्ने उनको भनाइ छ । पार्टीका अघिल्ला सभापति र महाननेताहरुलाई स्मरण गर्दै सिटौलाले हालै निधन भएका सभापति सुशील कोइरालाको भनाई सम्झँदै भने, ‘पार्टीको महाधिवेशनका कार्यक्रम सुरु भइसकेको थियो। सुशीलदाले हामीलाई भन्नु तिमीहरु गाउँ जाओ तर आफैं माथि जानुभयो ।’

Labels: Articles, BreakingNews, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State