मधेशवादी दलप्रति गच्छदारको गम्भीर आरोप
फागुन २१, काठमाडौ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेशवादी दलहरुले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
मोरङको विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले निषेधको राजनीतिले कसैलाई पनि राम्रो नगर्ने बताए । मुलुकको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नगएर मधेसी दलहरुले निषेधको राजनीतिक गर्न खोजेको उनको आरोप छ ।
बिहीबार काठमाडौंमा भएको कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा निमन्त्रणा पाएर पनि मधेशी मोर्चामा आवद्ध दलका नेताहरु सहभागी नभएपछि गच्छदारको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।
राजनीतिको मुलधारमा संवाद मार्फत आफ्ना कुरा स्पष्ट राख्नु पर्ने बेलामा कुनै दलको कार्यक्रममा नगएर वा छलफल नै नगरेर निकास निस्कन्छ भन्ने भ्रमबाट मधेसवादी पछि हट्नु पर्ने उनको तर्क छ ।


0 comments
Write Down Your Responses