जोया र जिबनको विबहा दर्ता प्रमाण-पत्रको लागि आबेदन दिईयो अब १० दिनभित्र विबहा दर्ता प्रमाण-पत्र पाउने
![]() |
| विबहा तथा विबहा दर्ता प्रमाण पत्रको लागि कोर्टमा जज सामु उपस्थित भएका स-परिवार |
![]() |
| कोर्टमा विबहा दर्ताको लागि संयुक्त रुपमा दिएको निबेदन |
भाद्र ५, काठमाडौं । जोया र जिबन थापा मगरको विबहा दर्ता प्रमाण-पत्रको लागि हिजो मंगलबार कोर्टमा उपस्थित भई आबेदन दिईएको छ । आबेदनको लागि जोयाको आमा कोराजोन मिजारे, जिबन थापा मगरको मामा कामे मगर, जोया, जिबन थापा मगर र दुई छोराहरु मिगेल र ईरिक कोर्टमा जजको सामु उपस्थित भएको थियो । उपस्थित भएर जोया र जिबनको विबहा गराई कानुनि रुपमा विबहा दर्ता प्रमाण पत्रको लागि निबेदन गरेका थिए । स्थानीय निकाय एबम कोर्टमा बुझाउनु पर्ने सम्पूर्ण कागजात बुझाईसकेको एबम सबै कागजी प्रक्रिया सकिसकेकोले अबको १० दिनभित्र विबहा दर्ता प्रमाण-पत्र लगायतका नेपाल फिर्ती प्रक्रिया सम्बन्धि कागजात पाउने पाउने जोयाले टेलिफोनमा दुधकोशी मिडियालाई बताएको छ । विबहा दर्ता र नेपाल फिर्ती कागजात हात लागिसके पश्चात तुरुन्तै सपरिवार नेपाल फर्कने योजना रहेको जोयाले बताएको छ ।




0 comments
Write Down Your Responses