• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News, sherpa » जोया-जिबन घटना सत्य तथ्य बुझ्न नेपाल मगर संघ छानबिन समिति चितवन प्रवेश-सत्य तथ्य बुझेर बाहिर ल्याउने
जोया-जिबन घटना सत्य तथ्य बुझ्न नेपाल मगर संघ छानबिन समिति चितवन प्रवेश-सत्य तथ्य बुझेर बाहिर ल्याउने

भाद्र २६, काठमाडौं । नेपाल मगर संघ केन्द्रिय समितिले जोया र जिबन थापा मगरको घटना सम्बन्धि सत्य तथ्य बुझ्न र आवश्यक प्रक्रिया अघाडी बढाउन २०७३ साल भाद्र ८ गते सचिब एबम विदेश बिभाग प्रमुख अधिबक्ता रक्षा बहादुर रैका मगरको संयोजकत्व ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो भने आबश्यक छानबिनको लागि समितिलाई १५ दिनको म्याद पनि दिइएको थियो । तर छानबिनका लागि समय पर्याप्त हुन नसकेपछी र छानबिन कार्य दिएको समय सिमामा पुरा हुन नसकेपछी थप म्याद गर्न अनुरोध गरिएको थियो -

समयसिमा भाद्र २३ गते भित्र छानबिन पुरा नभएपछी ७ दिनको म्याद थपीएर भाद्र ३० गते सम्मको म्याद बढाईएको छ । यहि क्रममा आज छानबिन समिति चितवन चितवन प्रवेश गरेको छ । संयोजक रक्षा बहादुर रैका मगरको नेतृत्वमा करिब २ दिन बसेर सम्बन्धित तह र स्थलमा रहेको प्रहरी, प्रसासन, आदर्श गृह लगायत स्थलगत स्थानीयहरुलाई सोधपुछ गरि आबश्यक छानबिन गर्ने संयोजक रक्षा रैकामगरले दुधकोशी मिडियालाई बताएका छन् ।
संयोजक मगरको साथमा सदस्यहरु कमला थापा मगर, सुरबीर थापा मगर, सन्तोष राना मगर, ईन्धिरा श्रीसमगर एबम कोरिया मगर प्रतिनिधि सुशिला गाहा मगर र युएई प्रतिनिधि गिरमान गाहामगर पनि हुनुन्छ । उक्त स्थलगत अध्यायन पछि छानवीन समितिले भाद्र ३० मा प्रतिबेदन केन्द्रीय समितिलाई बुझाउने छ भने त्यस पश्चात् मात्र मगर संघले आधिकारिक प्रक्रिया अघाडी बढाउने छ । अहिले सम्म जिबन मगरको नगरपालिका तथा जिल्ला प्रसासन पुगेर विभिन्न आबश्यक कागजात निर्माणका काम गरिरहेका छन्  । अहिलेसम्म आमासंग नाता प्रमाणितको कम भई सकेको छ भने अन्य कागजातको लागि पनि काम भईरहेको छ ।
जिबन र जोयाको पछील्लो जानकारीको लागि तल क्लिक गर्नुहोस >>>>>>>>>

Labels: News, sherpa

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State