जिबन थापामगरको नगारिकता र पासपोर्ट हात लग्यो, नागरिकतामा भने केरमेट-प्रतिलिपि बनाउनु पर्ने
भाद्र २५, काठमाडौं । आदर्श गृह संस्थाको कब्जामा रहेको र पछील्लो केहि दिन अघाडी मात्र संस्थाले चितवन जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखालाई उक्त कागजात बुझाएपछी जिबन थापा मगर र बुबा बल बहादुर मगरको सक्कली कागजातहरु नागारिकता, पासपोर्ट २४ गते बिहान हात परेको छ । कागजातको लागि जिल्ला प्रहरी कार्यलाया परिसरमा करिब २ घण्टा पर्खाईए पनि नदिने छाट देखिए पछी माथिल्लो तहबाट फोन आए पछी मात्र दिएको थाहा हुन् आएको छ । तर नागरिकतामा भने लापरबाही ढंगले केरमेट गरिएको पाईएको छ । केरमेट गरिएको कारण पुन नागारिकता अर्को प्रतिलिपि निकाल्नु पर्ने देखिएको छ । यसरी लापरबाही ढंगले किन केरमेट गरियो भनि जिप्रका चितवनमा सोधपुछ गर्दा संस्थामा हुदा नै बच्चाले गरेको भनेर आदर्श गृहका अध्यक्ष मिना खरेलले दिएको भन्ने उत्तर आएको छ ।
तर जिबनका आमा पूर्ण माया मगरको अनुसार संस्थालाई यी कागजातहरु बुझाउदा यस्तो केरमेट नरहेको बताएको छ । जिप्रका चितवनका अनुसार संस्थाको लापरबाही देखिएको छ । जिबनको पासपोर्ट भने राम्रो अबस्थामा रहेको बुझिएको छ । अहिले जिबनको आमा र मामा चितवनमा नै रहेको र आबश्यक कागजातको तयारीमा लागेको बताएको छ । जिबन र आमा पूर्ण माया मगर बीच नाता प्रमाणित पत्र भने बनिसकेको छ भने दुइ छोराहरु मिगेल र ईर्रिकको जन्म दर्ताको लागि वडा कार्यालयलाई अनुरोध गरिरहेका छन् । चाडो भंदाचादो जिबन फिलिपिन्स जानु पर्ने र त्यहाको आबश्यक कागजात र प्रक्रियाको लागि यस कागजातको आबश्यक पर्ने बताईएको छ जसको लागि सबैले आ आफ्नो ठाउबाट भनसुन र सहयोग गरिदिन अनुरोध समेत गर्नु भाको छ । आज शनिबार भएको हुदा कार्यालय बिदा रहेको र भोलि आईतबार जसको लागि वडा कार्यालयमा अनुरोध गर्ने र अझै पनि बनाउनलाइ हरसम्भबकोशिस गर्ने जिबनको मामा कामे मगरले बताउनु भएको छ ।


0 comments
Write Down Your Responses