• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News, sherpa » अन्तत जोया र दुई नेपाली सन्तान नेपाली नभई फिलिपिनी पासपोर्टमा फिलिपिन्स फर्केको खुलासा
अन्तत जोया र दुई नेपाली सन्तान नेपाली नभई फिलिपिनी पासपोर्टमा फिलिपिन्स फर्केको खुलासा

भाद्र ३०, काठमाडौं । अन्तत नेपाली बुहारी जोया थापा मगर र दुइ नेपाली सन्तान फिलिपिनी पासपोर्टमा फिलिपिन्स फर्केको खुल्न आएको छ । आदर्श गृहका मिना खरेल लगायत चितवनका जिल्ला प्रसासन, जिल्ला प्रहरी एबम बालबालिका एबम महिला बिकास कार्यालयको पहलमा अन्य नेपाली कागजात बन्न नसके पनि चितवन मेडिकल कलेजले दिएको बच्चा जन्म दर्ता कागजको आधारमा नेपाली हो भन्ने दरो प्रमाणका आधारमा ट्राभल डकुमेन्ट बनाई फिलिपिन्स उद्धार गरेको भनेर संस्थाले दाबि गर्दै आए पनि सो कुरा झुट रहेको खुल्न आएको छ । जानकारी संकलन गर्ने क्रममा बुधबार अध्यगमन बिभागका महानिर्देशक केदार न्यौपानेले यो कुरा बताउनु भएको हो ।
जोया र दूई नेपाली सन्तान साच्चिकै फिलिपिनी पासपोर्टमा नै फर्केको हो ? के उनिहरुले फिलिपिनी पासपोर्टनै बनाई सकेका थिए त ? भन्ने जवाफमा ट्राभल डकुमेन्ट भनेकै पासपोर्ट हो । जो विश्वको कुनै पनि सरकारले आफ्ना नागरिक आपत बिपत पर्दा निजहरुसंग पासपोर्ट नरहेको बखत सरकार आफैले तुरुन्त कागजात बनाई नागारिकको उद्धार गर्दछ । पछी पासपोर्ट लिन चाहेमा त्यहि ट्राभल डकुमेन्ट कै आधारमा पासपोर्ट जारि गर्दछ । जोया र उनका दुइ छोराको हकमा आबश्यक पर्ने जन्मदर्ता, नाता प्रमाणित जस्ता कागजात फिलिपिन्स सरकार आफैले बनाएको र सोहि कागजातकै आधारमा अस्थायी पासपोर्ट (ट्राभल डकुमेन्ट) बनाई आफ्नो नगारिकको उद्धार गरेको न्यौपानेले बताउनु भयो । 

त्यसो भए उनिहरुसंग नेपाली बुहारी र नेपाली सन्तान भन्ने कनै कागजी प्रमाण थिएन त भन्ने सबालमा महानिर्देशक भन्नु भयो "उनीहरु त नेपालमा गैरकानुनि ढंगले बेबारिसे भई बसेका फिलिपिनी नागारिक थिए । त्यही अनुरुप रिपोर्ट गरिएको थियो । नेपाल सरकारको कानुन बमोजिम ओभर स्टेको लाग्ने कारबाही एबम जरीवाना अनुरुप दिनको ५ डलर र पुन एक मुस्ट लाग्ने जरिवाना पचास हजारमध्ये दस हजार तिरेर दुइ बर्षसम्म नेपाल प्रवेश निषेध भएर नेपालबाट निकालिएकी र फिलिपिन्स सरकारले उद्धार गरेको हो भने कसरी नेपाली भयो त ? बरु उनीहरु फेरी पनि एक अर्का संगै बस्न चाहान्छ र फेरी नेपाल आउन चाहान्छ भने दुइ बर्षे कालो सुची सम्बन्धित सबैको सरसल्लाह, सहयोग र अनुरोधमा हट्न सक्ने बताउनु भयो । तर यो काम त्यति सजिलो नरहेको बताउनु भयो । 
जोया र जिबनको पछिल्लो खबरको लागि तल क्लिक गर्नुहोस >>>>>>>>>>>>>

Labels: News, sherpa

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State