• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने समय सकियो, ११ गते निर्बाचन
सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने समय सकियो, ११ गते निर्बाचन

कात्तिक ८ । काठमाडौं । नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका लागि  शिर्सस्थ दलहरुको औपचारिक तथा अनौपचारिक रुपमा आन्तरिक तथा द्विपक्षीय र बहुपक्षीय छलफलमा धेरै व्यस्त भएता पनि सहमति हुन नसक्दा अन्तत कार्तिक ११ गते निर्बाचन हुने भएका छन् ।
शनिबार बसेको व्यवस्थापिका संसदको बैठकले सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न आइतबार अपरान्ह ४ बजेसम्मको समय दिएपछि दलहरुले आफू अनुकुलका व्यक्तिलाई सहयोग गर्न एक अर्का दलहरुसँग आग्रह गरेका थिए तर सहमति हुन नसकेपछि कांग्रेस र एमालेले राष्ट्रपति निर्वाचनमा पनि आआफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिने भएका छन् । यसअघि सहमतिमा राष्ट्रपति चयन गर्ने ठुलो चर्चा भएपनि दुवै पार्टीले उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
एमालेको शनिबार राती अबेरसम्म बसेको बैठकले पार्टीको तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपी दुवै पार्टीले नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका लागि उम्मेदवार को को हुने भने तय गरिसकेका छैनन् ।
कांग्रेसभित्र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रपति बनाउनुपर्छ भन्नेबारे पनि छलफल हुन थालेको छ । रेग्मीको नाममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहमत भएको भन्ने खबर बाहिर आएपनि हालसम्म आधिकारिक भनाइ सार्वजनिक गरेको छैन साथै कांग्रेसभित्र वर्तमान राष्ट्रपति रामवरण यादव तथा केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ र मानबहादुर बिश्वकर्माको नाम पनि चर्चा छ ।
सत्ता गठबन्धनबाट राष्ट्रपतिमा एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी, निवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङको चर्चा छ । आफ्नो पार्टीले जसलाई उम्मेदवार बनाएपनि सत्तारुढ दलहरुको समर्थनमा जित्ने एमालेको बुझाई छ । प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसले असहयोग गरेर सहमति तोडेको भन्ने एमालेका केही नेताहरुका कांग्रेस सरकारमा सहभागी भए उसलाई राष्ट्रपतिमा सहयोग गर्न सकिने विचार पनि बाहिर आएका छन् ।
शनिबार बसेको व्यवस्थापिका संसदको बैठकले नेपालको संविधानको धारा २९७ को उपधारा २ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २९ र ३८ को उपदफा (१) बमोजिम राजनीतिक सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न आइतबारसम्मको समय तोकिएको थियो तर आइतबार अपरान्ह ४ बजेसम्म राजनीतिक सहमति हुन नसकेपछी  कात्तिक ११ गते बिहान ११ बजे निर्वाचन हुने भएको हो ।
राजनीतिक सहमति कायम नभएपछी कात्तिक १० गते दिउँसो १ बजेभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने, त्यसपछि नामावली प्रकाशन गर्ने, नामावली उपर दाबी विरोध गर्ने, उम्मेदवारी फिर्ता लिने र कात्तिक १० गते दिउँसो ३ बजे नै अन्तिम नामावली प्रकाशन गरिनेछ । कार्यक्रम अनुसार कात्तिक ११ गते नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान ११ बजेदेखि २ बजेसम्म मतदान भई अपरान्ह साढे २ पश्चात् मतगणना र बेलुकी ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्को बैठकमा घोषणा गरिनेछ ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State