• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, international news, News » ५२ जना नेपालीलाई एसएसबीले नियन्त्रणमा लियो
५२ जना नेपालीलाई एसएसबीले नियन्त्रणमा लियो

सुनसरी, २२ मंसिर । भारतको सुपौल जिल्लाबाट ५२ जना नेपालीलाई भारतीय सशस्त्र  सीमा  बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।
सुनसरीको भाण्टावारीनाका हुँदै मंगलबार भारतको पटना हिँडेका ३३ जना पुरुष र १९ जना महिलालाई एसएसबीले सुपौल जिल्लाको विरपुरबाट पक्राउ गरी नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका नेपालीहरु उदयपुर, सप्तरी र रामेछापका रहेका छन् । उनीहरुलाई अबैधानिक रुपमा ठुलो संख्यामा महिला र पुरुष भारत प्रवेश गरेको आरोप लगाइएको छ ।
उनीहरुलाई नियन्त्रण लिएपछि एसएसबीले सुनसरी स्थित सशस्त्रको सीमा सुरक्षा कार्यालयलाई खबर गरेको र हाल पक्राउ परेका नेपालीहरलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउने प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ ।


Labels: Articles, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State