• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, international news, Latest Updates, News » बार्ता ...बार्ता .. बार्ता ....के हुँदैछ सरकार र मोर्चाबीचको वार्तामा ?
बार्ता ...बार्ता .. बार्ता ....के हुँदैछ सरकार र मोर्चाबीचको वार्तामा ?

काठमाडौं, २४ मंसिर । भारत भ्रमणबाट फर्केको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच अहिले वार्ता भइरहेको छ । पटक पटकको वार्ता निष्कर्ष विहीन भएसँगै भारत भ्रमणमा गएका मोर्चाका शीर्ष नेताहरु बुधबार राति स्वदेश फर्केसँगै अहिले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको वार्तामा सरकारले आफ्नो प्रस्ताव पेश गरेको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस समेत सहभागी वार्तामा प्रमुख तीन दलले मोर्चालाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् । यद्यपी मोर्चाले संघीय सीमांकन हेरफेरको मूख्य मागलाई बटम लाइन बनाएर आफ्नो कुरा राखिरहेको बैठक श्रोतले जनाएको छ ।
वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय विजय गच्छदार, कमल थापा र कानुनमन्त्री अग्नी खरेल, एमाले नेता माधवकुमार नेपाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, नेता रामशरण महत वार्तामा सहभागी छन् । मोर्चाबाट तमालोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावनाका मनिष सुमन लगायतका नेताहरु वार्तामा उपस्थित छन् ।

Labels: Articles, international news, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State