नोटलाई सफा राख्न रास्ट्र बैंकले दियो १२ टिप्स
पुस १४, काठमाडौं । नेपालको कागजी नोट सार्है फोहोर हुन्छ यही कुरालाई नेपाल राष्ट्र बैंकले कागजको नोट कसरी प्रयोग गर्ने भनेर सर्वसाधारणलाई प्रयोग बिधि अपनाउन अनुरोध गरेको छ ।
नोटको प्रयोग लापरवाहीपूर्ण रुपमा गरिँदा राज्यको सम्पति नस्ट भएको भन्दै केन्द्रीय बैंकले नोट प्रयोग गर्ने विधि सार्बजानिक गरेको हो ।
राष्ट्र बैंकको १२ टिप्स यस्तो छ
१. नोटको जतन गर्नका लागि अनिवार्य रुपमा मनि ब्याग प्रयोग गर्ने बानी बसालौं ।
२. नोटमा जथाभावी केरमेट नगरौं
३. समान दरका नयाँ अथवा सुकिला दुबै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।
४. नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पति खर्चिनु पर्ने भएकाले नोटको जतन गरी देशको सम्पति जोगाउँ ।
५. नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाऔं ।
६. नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौं ।
७. नोटको हिफाजत गर्ने कुरा आफुले पनि मनन गरौं र अरुलाई पनि सिकाऔं ।
८. नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं ।
९. पुजा आजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछोऔं ।
१०. टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो काम नगरौं ।
११. कारोबारका क्रममा संकास्पद नोटहरु पाइएमा नजिकैको राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा लगि दाखिला गरौं ।
१२. नोटलाई मठमन्दिर वा पुजा पाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रंग, अविर, पानी, दुध, रगत आदि नपारौं । बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔं ।



0 comments
Write Down Your Responses