हाँस्दा मात्र होइन रुदा पनि स्वास्थ्यलाई फाईदा
पुस १४, काठमाडौं, हाँस्दा मात्रै होइन रुँदा पनि मानिसलाई उत्तिकै फाइदा हुने अध्यानले पुस्टि गरेको छ । चाहे सुखमा रुँदा होस वा दुःखमा रुनु विशेषगरी आँखालाई फाइदा हुने चिकित्सकहरु बताउँछन् । रुँदा जति मन हलुका हुन्छ त्यो भन्दा पनि आँखाका लागि निकै फाइदाजनक मात्रै होइन मानिसको समग्र स्वास्थ्यमा लाभदायक हुने चिकित्सकको भनाइ छ ।
१. रुँदा आँशु बग्ने हुँदा आँखाको नानी चिसो हुन्छ जसले दृष्टिमा सहयोग पुर्याउँछ । आँखाको नानी सुख्खा भएमा दृष्टि क्षमतामा कमी आउने छ ।
२. रुँदा विषाक्त किटाणु बगेर बाहिर निस्कने अवसर पाउँछ । आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् किटाणु हटाइदिन्छ ।
३. रुँदा तनाव कम हुँदा मानिसले आफूलाई हल्का महसुस गर्दा सकारात्मक सोच आउँछ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव कम हुने चिकित्सको भनाइ छ ।
यी बाहेक रुँदा अन्य विभिन्न किसिमका फाइदा हुने चिकित्सले जानकारी दिए । हाँसेर जति मानिस आफूलाई हल्का र फूर्तिलो महसुस गर्छ त्यत्ति नै रुँदा पनि गर्ने भएकाले मानिसको समग्र स्वास्थ्यमा फाइदा पुग्ने विभिन्न अध्ययनहरुले पनि देखाएका छन् ।
Some of the health research proved that weeping help to keep eye healthy. when crying the tears clean eye and killed the harm germs of the eye.




0 comments
Write Down Your Responses