१४ दिनअघि हराएका १९ वर्षे विकासका शव भेटियो
म्याग्दी, २७ मंसिर । म्याग्दी सदरमुकाम बेनीबाट १४ दिनअघि बेपत्ता भएका एक युवकको शव भेटिएको छ । बेनी नगरपालिका ७ क्याम्पसचोकका १९ वर्षीय विकास छन्त्यालको कालीगण्डकी नदी किनारमा शव फेला परेको हो ।
बेनी नगरपालिका १ सारेमारेस्थित नदी किनारमा भेटिएको छन्त्यालको शवलाई आइतबार परीक्षण पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । छन्त्याल मङ्सिर १३ गतेदेखि बेपत्ता भएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses