• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews » बिहे भोजलाई हिसिलाले नयाँ शक्तिको पार्टी भनेपछि
बिहे भोजलाई हिसिलाले नयाँ शक्तिको पार्टी भनेपछि

काठमाडौं – पछिल्ला दिनमा एमाओवादी छाडेर नयाँ शक्ति बनाउने भन्दै हिंडेका पूर्व एमाओवादीका नेताहरुको गतिविधिले नयाँ शक्ति नबन्दै विवादमा पर्न थालेको छ । एमाओवादीलाई खुइल्याउने, आफ्नो स्वार्थ पूूरा गर्ने र प्रभूलाई खुशी पार्ने योजनाका साथ काम भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना खेपेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईकै पत्नी हिसिला यमीका कारण नयाँ शक्ति थप संकटमा परेको भन्दै कार्यकर्ताले गुनासो गरेका छन् । प्रसंग हो, नयाँ शक्तिका नेता नवराज सुवेदीको छोरीको विवाहको । नयाँ शक्ति बनाउने भन्दै अभियानमा लागेका सुवेदीले छोरीको बिहे भोजमा हिसिलाले देखाएको तमासा हेर्नलायक भएको भन्दै गुनासो गर्नेहरु बढेका छन् । सुवेदीले हरिसिद्धिमा छोरीको बिहेको पार्टी आयोजना गरेका थिए । नयाँ शक्तिको अभियन्ताको पार्टीमा पूर्व पार्टी एमाओवादी, एमाले, कांग्रेसका नेताहरुलाई पनि निम्त्याइएको थियो । गत सोमबार सर्वहारा वर्गको नेताको छोरीको बिहे भन्न पनि नसुहाउने गरी आयोजना गरिएको पार्टीमा यूरोपका महँगा रक्सीको व्यवस्था गरिएको थियो । हिसिला यमी हस्याङ र फस्याङ गर्दै पार्टीमा बोलाएको समय भन्दा दुई घण्टा पहिल्यै पुगेकी थिइन् । बेहुलीका पिता त्यसमाथि नयाँ शक्तिका अभियन्ता भएको भन्दै उनले प्रशंसाको शब्द फ्याँक्दै हिसिलाले पार्टीको सम्पूर्ण जानकारी लिइन् । बेहुलीसँगै बसेर फोटो पनि खिचाइन् । त्यतिमै त केही भएको थिएन । उनले बेहुला र बेहुलीलाई अँगालो हाल्न लगाएर फोटो खिच्न लगाइन् र बल्ल पो नयाँ शक्तिको विवाह जस्तो भयो त भन्दै मुस्कुराइन् । उनको अड्बाङ्गे ताल देखेर सुवेदीले पनि त्यति राम्रो मानेका थिएनन् । तर नयाँ शक्तिका सहयोद्धालाई केही भन्न पनि नमिल्ने भन्दै उनी असजिलो मान्दै हेरेर बसेका थिए । हिसिला पुगेको डेढ घन्टा पछि बाबुराम बिहेमा पुगे । बेहुला बेहुलीलाई बधाई दिए, चिसोमा के खानु छ र खै भन्दै एक गिलास जुस खाएर काम छ भन्दै निस्किए । तर हिसिला भने बाबुराम आएपछि झन् रसिक हुँदै आफ्नो गतिविधिलाई जारी राखिन् । एकाएक पार्टी हलमा पाहुना र आमन्त्रितको भीड लाग्न थालेपछि उनको फुर्तीफार्ती झन् बढेको प्यूठान घर भएका एक नेताले बताए । ती नेताका अनुसार पार्टीमा गीत, रक्सीको दुवै व्यवस्था थियो । एक्कासी भीडबाट ठूलो तर कर्कस आवाज आयो । नेवारी लवजमा हिसिलाले पार्टीमा सहभागी भएका सबैलाई शुभकामना दिइन् र भनिन् यो पार्टी नवराजजीले आयोजना गर्नुभएको भए पनि खासमा नयाँ शक्तिको पार्टी हो, पार्टीमा आउने सबैलाई धन्यवाद छ । नयाँ शक्तिको पार्टी भनेर बुझौं र रमाइलो गरौं, त्यसपछि म्युजिक प्लेयरमा गीत बज्यो– मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए… । पार्टीमा नयाँ शक्तिमा लागेका पूर्व एमाओवादी र उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि पुगेका थिए । रायमाझीले सुवेदीजीले बोलाएको पार्टीमा आएको भनेको त नयाँ शक्तिको पार्टी रै’छ भन्दै एकैछिन बसेर निस्केका थिए । आजको जनआह्वान साप्ताहिकले खबर लेखेको छ ।

Labels: BreakingNews

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State