• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, international news, Latest Updates » इँटा भट्टाको चिम्नी भत्किँदा ६ जनाको मृत्यु
इँटा भट्टाको चिम्नी भत्किँदा ६ जनाको मृत्यु

सुनसरी, मंसिर २८ - इटहरी उपमहानगरपालिका–१६ मा रहेको एउटा इँटा भट्टामा भएको दुर्घटनामा ६ जनाको ज्यान गएको छ । जय नेपाल इँटाभट्टा उद्योगको चिम्नी ढल्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४३  जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमध्ये बंगलादेशका मजदुर सबनम मियाँ, राहुल मियाँ र सद्दाम मियाँको मात्रै सनाखत भएको छ । घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा उपचार भैरहेको छ । इँटा पोल्नका लागि आगो बाल्ने क्रममा चिम्नी ढलेको प्रहरीले जनाएको छ । 

Labels: BreakingNews, international news, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State